

ताप्लेजुङ – अखिल नेपाल किसान महासङ्घ ताप्लेजुङको सातौँ जिल्ला अधिवेशनको क्रममा बलबहादुर साम्सोहाङ र मणि शकर पोमुलाई प्रदेश कमिटीको नाताले नभई जिल्लाका नेताको नाताले आसन ग्रहण गराएको प्रष्टयाएको छ । कार्यक्रम उद्घोषकको जिम्मेवारीमा रहेका अखिल नेपाल किसान महासंघ ताप्लेजुङका सचिव लिलानाथ पौडेलले समाचारमा प्रकाशित भएजस्तो नभइ साम्सोहाङ र पोमुलाई अघिल्लो कार्यकालमा रहेको जिम्मेवारी र योगदानको आधारमा आसन ग्रहण गराइएको प्रष्ट्याएका हुन् ।
‘ उहाँहरूलाई पार्टीको अघिल्लो कार्यकालमा रहनु भएको जिम्मेवारी र योगदानको आधारमा मात्र सम्मानपूर्वक आसनग्रहण गराइएको हो, हालको संरचना वा जिम्मेवारीको आधारमा होइन । यस्तो प्रस्तुती कार्यक्रमको समावेशिता र विगत प्रति कदर गर्ने भावनाबाट प्रेरित थियो’ पौडेलले भने ।
अतिथिहरूको छनौट प्रकृया समग्र अधिवेशनको प्रकृति सङ्गठनको नीति र किसान आन्दोलनप्रतिको योगदानको आधारमा गरिएको पनि प्रष्ट पारिएको छ । साम्सोहाङ प्रदेश कमिटी सल्लाहकार र पोमुलाई पर्यटन विभाग सचिवबाट नेकपा एमाले कोशी प्रदेश कमिटीले निलम्बन गरेको छ ।
भुलवस अघिल्लो समाचारमा प्रदेश कमिटीको भन्ने उल्लेख भएकोमा सच्याइएको छ ।