

ताप्लेजुङ – नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव ताप्लेजुङ आएका छन् । पाथीभरा दर्शनकालागि आएका उनले मङ्गलबार मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, उपाध्यक्ष डन्डु शेर्पा, प्रमख प्रशासकीय अधिकृत विमल गौतम लगायतको टोलीसँग सदरमुकाम फुङलिङमा भेटवार्ता गरेका छन् ।
मेवाखोला हिल रिर्सोटमा उनिहरूसँग भेट भएको हो । मिक्वाखोला गाउँपालिका ४ सावामा भारतीय दुतावासले भवन निर्माणका लागि चार करोड २९ लाख रुपैयाँ बिनियोजन गरेको छ । गाउँपालिकाले वाड्नं १ खोक्लिङका लागिपनि प्रस्ताव गरेको छ । यसै विषयमा छलफल भएको गाउपालिका अध्यक्ष कार्कीका स्वकीय सचिव धनेन्द्र थापाले जानकारी दिए ।
पालिका अध्यक्ष कार्कीले राजदूत श्रीवास्तवलाई मायाको चिनोपनि प्रदान गरेका थिए । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार उनीहरूको मङ्गलबार माथिल्लो फेदीमा बस्ने र बुधबार पाथीभरा पुगेर फर्कने तालिका रहेको थियो । तर ढिलोगरी सदरमुकाम फुङलिङ आइपुगेकाले मङ्गलबार सदरमुकाम फुङलिङमा बस्ने निश्चित भएको प्रशासन स्रोतले बताएको छ ।