२३ भाद्र २०८२, मंगलबार

ओलीसँग टेलिफोन वार्तामा मोदीले भने– अपराधीलाई कठघरामा उभ्याउँछौं

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बुधबार, बैशाख १०, २०८२

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा संलग्नलाई कठघरामा उभ्याउने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भएको टेलिफोन वार्तामा मोदीले अपराधीलाई कठघरामा उभ्याउन भारत प्रतिबद्ध रहेको कुरामा जोड दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

‘उक्त आतंकवादविरुद्धको लडाइामा भारत र नेपाल एकसाथ उभिएका छन्’, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने, ‘प्रधानमन्त्री मोदीले एक युवा नेपाली नागरिकको मृत्यु भएको प्रति समवेदना व्यक्त गर्नुभएको छ ।’

प्रधानमन्त्री ओलीले पनि सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री मोदीसँग आतंकवादी हमलाबारे कुराकानी भएको उल्लेख गरेका छन् ।

‘मैले आतंकवादी हमलमा ज्यान गुमाएकाहरुप्रति समवेदना प्रकट गर्दै यस्ता जघन्य कृत्यप्रति नेपाल भारतको साथमा छ भनेको छु’, उनले भने, ‘साथै, नेपाली नागरिकको मृत्युमा समवेदना प्रकट गरेको प्रति धन्यवाद समेत दिएको छु ।’

मंगलबार आतंकवादी समूहले गरेको आक्रमणमा पहलगामस्थित पर्यटकीय क्षेत्रमा २६ जनाको हत्या ज्यान गएको थियो । सो आक्रमणमा परेर बुटवलका सुदीप न्यौपानेको समेत मृत्यु भएको थियो । उनकी आमा समेत घाइते छिन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!