१० जेठ २०८२, शनिबार

उद्योग वाणिज्य सङ्घ ताप्लेजुङमा शान्ति मादेन, युवराज महतारा र खेमराज केसी निर्बिरोध

Logo
Taplejung Press ताप्लेजुङ प्रेस सोमबार, चैत्र १०, २०८१

ताप्लेजुङ – उद्योग वाणिज्य सङ्घ ताप्लेजुङको पदाधिकारीमा तीन जना निर्विरोध भएका छन् ।

प्रथम उपाध्यक्ष शान्ति मादेन, सचिव खेमराज केसी र कोषाध्यक्ष युवराज महतारा निर्बिरोध भएका हुन् ।

बाकी सबै पदमा एकभन्दा वढी उम्मेद्वारी परेको छ ।

अध्यक्षका लागि वर्तमान बरिष्ठ उपाध्यक्ष दावा शेर्पा र कोषाध्यक्ष विकास गौतमको उम्मेद्वारी परेको छ ।

महासचिवमा पदि दुईजनाकै उम्मेद्वारी परेको छ । वर्तमान महासचिव कमल लिम्बू र लिलाप्रसाद पौडेलले मनोनयन दर्ता गराएका हुन् ।

द्धितियमा रूपक घिमिरे र सोजित श्रेष्ठ तथा तृतीयमा तेजकुमार सुनुवार जङ्ग र तेजबहादुर भट्टराईको उम्मेद्वारी परेको छ ।

कोषाध्यक्षमा युवराज महतारा निर्विरोध भएका छन् । पदाधिकारीमा मादेन र महतारा निर्विरोध भएका हुन् ।

१४ सदस्यका लागि २१ जनाको मनोनयन दर्ता भएको निर्वाचन समिति सदस्य धनबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066