

ताप्लेजुङ – नेकपा एमालेले चैत्र २८ गते ताप्लेजुङ सदरमुकाम फुङलिङमा वृहत सभा गर्ने भएको छ ।
जिल्ला कमिटीको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी सचिव एवं प्रचार विभाग प्रमुख सन्तोष चाम्लिङले जानकारी दिए ।
हरेक जिल्ला सदरमुकाममा सभागर्ने पार्टीको केन्द्रीय कार्यक्रम समेत रहेको छ ।
राजावादीले टाउको उठाउन प्रयत्न गरेको भन्दै जनतालाई गणतन्त्रको बारे बुझाउन सभागर्ने निर्णय अनुसार कार्यक्रम तय गरिएको चाम्लिङले बताए ।
राजावादी सकृय भएकाबेला राजनीतिक दल सशङ्कित भएका छन् ।