२४ भाद्र २०८२, बुधबार

दुई केन्द्राध्यक्ष महिला

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बुधबार, चैत्र ०५, २०८१

ताप्लेजुङ – आजदेखि सुरु माध्यमिक शिक्षा परीक्षा (एसईई) को दुई केन्द्रको जिम्मेवारी महिला केन्द्राध्यक्षले लिएका छन् । जिल्लाका १७ परीक्षा केन्द्रमध्ये थेचम्बु माध्यमिक विद्यालयमा मनसुन लावती र सरस्वती माध्यमिक विद्यालय हाङपाङमा प्रमिला भण्डारीले सम्हालेका छन् ।

 बाकी १५ केन्द्राध्यक्षमा पुरुस छन् । बासुसं मावि मेदिबुङ युवराज बस्नेत, भानुजन मावि किशोरकुमार राई, सिंवा मावि लिङ्खिम ओमनाथ गौतम, युवावर्ष मावि कैंजले चन्द्रमणि पौडेल, सिद्धकाली मावि दोखु अमरकुमार राई, जनता मावि हाङदेवा रामबहादुर गुरुङ र मोति मावि खोक्लिङमा केबुहाङ लिम्बू रहेका छन् ।  

त्रिभुवन मावि थुकिम्मा कमल चेम्जोङ, सिनाम मावि तुलसीराम पोखरेल, तेल्लोक मावि रुकमान थेवे, गणेश मावि खेवाङ रामकुमार लिम्बू, भञ्ज्याङ मावि लिम्बुदिन राजेन्द्र इदिङ्गो लिम्बू, मैवाखोला मावि तेम्बे भक्तबहादुर लिम्बू, दुर्गा मावि फुलबारी कुलप्रसाद भट्टराई र सरस्वती मावि तापेथोकमा चन्द्रमणि  लिम्बू रहेका छन् । यस वर्ष २ हजार २ सय ७२ ले परीक्षाालागि फर्म भरेका छन् । नियमित तर्फ १ हजार ४ सय १५ र नियमित ग्रेड बृद्धिमा ७ सय १० जना छन् ।

प्राविधिक धारतर्फ १ सय २२ नियमित र २५ ग्रेडवृद्धि तर्फका बिद्यार्थीले परिक्षा फाराम भरेका छन् । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख युगमणि सवेहाङ परिक्षाको सम्पुर्ण तयारी पुरा भएको र यसलाई हाउगुजी नमानी लेख्न बिद्यार्थीलाई अपिल गछर्न ।  

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!