११ जेठ २०८२, आइतबार

फाल्गुनन्द गोल्डकप : फिदिममा आर्मी स्तब्ध

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस सोमबार, पुष ०८, २०८१

पाँचथर — आयोजक फिदिम स्पोर्टिङ क्लब फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार फिदिम माविको खेल मैदानमा आयोजित अन्तिम क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै आयोजक टिम सेमिफाइनलमा यात्रा सुरक्षित गरेको हो ।

निर्धारित ९० मिनेट बराबरीमा सकिएपछि टाइबेकरबाट निर्णय लिइएको थियो । टाइब्रेकरमा फिदिम स्पोर्टिङ क्लबका आशिष चापागाईं, विशाल दर्जी,राम वाजी र निरोज लिङ्देनले गोल गरे भने आर्मीका निरजकुमार घिसिङ र सन्तोष केसीले मात्रै गोल गरे ।

आर्मीका सिद्धान्त चौधरी र सुजित शाहीसँगै आयोजक टिमका सुकराज राई गोल गर्नबाट चुके । सोमबारको खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबका विशाल दर्जी म्यान अफ द म्याच घोषित हुँदै १० हजार नगदसहित पुरस्कृत भए ।

मंगलबार मछिन्द्र फुटबल क्लब काठमाडौं र न्यु स्टार सुनसरीबीच प्रतिस्पर्धा हुने छ । पुस ६ गते प्रतियोगिताको फाइनल पुस १५ गते हुनेछ । फाल्गुनन्द गोल्डकपमा यस वर्ष विजेताले १० लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले ५ लाख ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066