१० जेठ २०८२, शनिबार

ताप्लेजुङ कोशी प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिताको क्वाटरफाइनलमा

Logo
Taplejung Press बिहिबार, आषाढ २०, २०८१

किरण गदाईली
ताप्लेजुङ कोशी प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । खोटाङमा बिहिबारवाट सुरु भएको समुहचरणको खेलमा धनकुटाविरुद्ध १—० गोलअन्तरको जित निकाल्दै ताप्लेजुङले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
बुईपा खोटाङ रंगशालामा भएको खेलमा ताप्लेजुङका लागि दोस्रो हाफको १० औं मिनेटमा सुजता लिम्बूले गोल गरिन् । त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा सुजताको गोल नै निर्णायक बन्यो ।
यता, बिहिबार भएको समुहचरणको खेलमा आयोजक खोटाङले सुनसरीलाई टाइब्रेक्ररमा पराजित गर्दै क्वाटरफाइनलमा ताप्लेजुङसँगको भेट पक्का गरेको छ । निधारित समयमा कुनै पनि टिमले गोल गर्न नसक्दा खेल टाइब्रेक्ररमा होमिएको थियो, जस्मा खोटाङले बाजी मा¥यो ।
क्वाटरफाइनलमा शुक्रबार ताप्लेजुङ र खोटाङ भिड्नेछन् । असार २५ सम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाको सहभागिता रहेको छ ।
रेडियो ताप्लेजुङ वाट साभार

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066