१० जेठ २०८२, शनिबार

ताप्लेजुङ देखि धरान इटहरी जोडिने तमोर करिडोर खुल्यो

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस मंगलबार, मंसिर ०४, २०८१

ताप्लेजुङ – गतवर्ष देखिनै अवरुद्ध पाँचथरको भालुचोक देखि धनकुटाको मूलघाट– भेडेटार –धरान हुँदै इटहरी जोड्ने तमोर करिडोर खुलेको छ । एपेक्स कन्स्ट्रक्सन प्रालिले हेवाखोलामा ह्युम पाइप राखेर सडक खुलाएको हो ।

कम्पनीका प्रोजेक्ट मेनेजर अभि पोख्रेलका अनुसार सोमवार देखि साना ठूला सबै सवारी चल्न थालेको छ । ‘सडक चाहिँ शनिवार बेलुका नै खुलेको हो,’ पोख्रेलले भने, ‘हिजो आइतबार बालुवामा भासिएर केही गाडी फसे, आज सोमबार त्यसलाई ग्राभेल लगाएर व्यवस्थित गरेर यातायात चल्ने बनाएका छौं ।’ अव सबै खाले यातायात चल्ने भएको उनले बताए । पोख्रेलका अनुसार हेवा खोलामा ९० को १४ वटा ह्युम पाइप राखिएको छ ।

माझीटार छेउमा रहेको मोटरवेल पुल गत वर्षको वर्षाले बगाएको थियो । हिउँदमा खोलो घटेपछि साना सवारी साधन सामान्य चलेका थिए । गत असोज १० देखि १२ गतेको वर्षाले त्यही सडकपनि पुरै बगाएको थियो । अहिले ह्युम पाइप राखेपछि व्यवस्थित भएको कम्पनीले जनाएको छ । तमोर करिडोरका आयोजना प्रमुख प्रदिप निरौला आफुहरुस“ग मर्मतको रकम नभएकाले निर्माण कम्पनीले बनाएको बताउँछन् । ‘सवारी साधन आवत जावतका लागि निर्माण कम्पनिलेनै काम गरेको हो’ उनले भने ।

यो सडक खुलेपछि ताप्लेजुङलाई पनि राहत पुगेको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पा“चथरको कावेली वा भालुचोक भएर यो सडकवाट यात्रा गर्न सकिन्छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066