२२ भाद्र २०८२, सोमबार

राँके–फिदिम सडक खोल्दैछौँ, हेवाखोलामा चाडैं केन्द्रीत हुन्छौं : सडक कार्यालय इलाम 

Logo
Taplejung Press ताप्लेजुङ प्रेस आइतबार, आश्विन १३, २०८१

ताप्लेजुङ – आश्विन १२ गते बिहानको बाढीले बेलिब्रिज बगाएपछि अवरुद्ध मेची राजमार्ग खुलाउन प्रयत्न भइरहेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ । इलामदेखि ताप्लेजुङ सम्मको सडक नियमन गर्दै आएका इन्जिनियर पवन ढुङ्गानाले आइतबार बिहानैदेखि फिदिम देखि राँके सम्मको सडक खुलाउने काम भइरहेको बताए ।

 ‘हामीले दुई तिरबाट दुईदुई वटा स्काभेटर मेसिन प्रयोग गरेर पहिरो पन्साउने काम गरिरहेका छौँ,’ ढुङ्गानाले भने, ‘आज बेलुकादेखि भोलि सम्म यताको पहिरो पन्साउन सकियो भने हेवा खोलामा केन्द्रीत हुन्छौँ ।’ हेवा खोलामा बेलिब्रिज लगाउने वा अन्य विकल्प अपनाउने भन्ने विषयमा विभाग र मन्त्रालयमा छलफल भइरहेको उनले बताएका छन् । 

हेवाखोला आसपासका बासिन्दाका अनुसार खोलामा पानीको मात्रा घटेको छ । तर, ताप्लेजुङ तर्फको सडक लामो भत्काएकोले बनाउन समय लाग्न सक्छ । इन्जिनियर ढुङ्गानाका अनुसार जुन विकल्पबाट सम्भव हुन्छ त्यही प्रयोग गरेर जतिसक्दो छिटो सडक खुलाउन प्रयास गरिने छ । मनसुन बाहिरिने क्रममा रहेकाले होम पाइप राखेर वा अन्य विकल्प अपनाउने मनस्थितिमा सडक कार्यालय रहेको छ ।

सडक कार्यालयको ताप्लेजुङ तर्फका सुपरभाइजर नबिन उप्रेतीका अनुसार ताप्लेजुङ देखि हेवाखोला सम्मको सडकभने यातायात चल्नेगरिको रहेको छ । दशैंको मुखमा सडक बिग्रिएपछि यात्रुदेखि खाद्यान्न लगायतका सामग्री आयात निर्यातमा समस्या भएको छ ।  

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!