२७ आश्विन २०८३, बुधबार

पूर्वी नेपालमा राती जुन र दिउसो घाम देखियो

Logo
Taplejung Press सोमबार, आश्विन ११, २०८३

आश्विन १२, २०८३
ताप्लेजुङ – रातमा जुन र दिनमा घाम देखिएपछि मात्रै बुढापाकाले मौसम खुलेको मान्छन् ।
यस्तो भए पानी पर्दैन ढुक्क भए हुन्छ भन्ने मान्यता बुढापाकाका रहेको छ ।
सोमबार बिहानको राती जुन देखियो । उज्यालो भएपछि झलमल्ल घाम लागेको छ ।
पूर्वी नेपालमा बुधबार दिउसोदेखि मौसममा बदली आएको थियो ।
बेलुकादेखि शनिबार दिउँसोसम्म सिमसिम तर लगातार वर्षा भएको थियो ।
मौसम खुलेपछिको किसानहरू आफ्नो दैनिकीमा निस्किएको ताप्लेजुङ कृषक महासंघका अध्यक्ष कृष्ण वस्नेत बताउँछन् ।
बाटामा रोकिएका र गन्तव्यमा जानुपर्नेहरूका आफ्नो गन्तव्य तर्फनै लागेका छन् ।
हिजो अस्तिको तुलनामा आज धेरै सवारी साधनहरु छुटेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066