२७ आश्विन २०८३, बुधबार

मौसम खुलेपछि भग्नावशेष पन्साउन लागे दोभानका अग्नि पीडित

Logo
Taplejung Press आइतबार, आश्विन १०, २०८३

आश्विन १०, २०८३
ताप्लेजुङ – घरपसल जलेपछि बेचैन जस्तै बनेका ८६ वर्षीय श्यामलाल खरेल शनिबार दिनभरी भग्नावशेष पन्साउन व्यस्त भए । सुनचाँदी लगायतका केही सामग्री भेटिइहालिन्छ भनेरपनि उनले आफूले सधैँ टेक्ने लौरोले बिस्तारै कोट्याउदै थिए । छोरा घनश्याम सँगै बस्तै आएका उनले गत शनिबार आँखै अगाडि भएभरको सम्पत्ति जलेको देख्नु र बेहोर्नु पर्यो । आगलागी सुरु भएको डन्डु शेर्पाको घरको ठिक अगाडि भएकाले श्यामलालको पसलबाट कुनै र केहीपनि सामान निकाल्न सक्ने उपाय बनेन ।
यहाँका चन्द्रप्रसाद पौडेललेपनि शनिबार दिनभरी आफ्नो घरको भग्नावशेष पन्साए । उनलाई सरसफाइमा सहयोग गर्नकालागि गाउँका साथीभाइ, इष्टमित्र भेला भएका थिए । आगोले जलाएर जोखिम बनेको फलामको भर्याङ सफा गर्नेदेखि जलेर कोइला भएको घरका झ्याल ढोका सफा गर्ने लगायतको काममा व्यस्त हुनु परेको थियो ।
श्यामलाल र चन्द्रप्रसाद यिनै व्यक्ति हुन् जसले २०७७ सालको फागुनमा भएको आगलागीमापनि सर्वश्व गुमाएका थिए । आगोले पसलमा रहेका चामल, दाल, कोदो, मकै जस्ता खाद्यान्नदेखि लत्ता कपडासमेत जलाएकाले बस्तीमा गन्ध आउन थालेको छ । गन्ध नियन्त्रणकालागि पनि अग्नी पीडित तथा स्थानीय सरसफाइमा लागीहाल्नु परेको हो ।
‘अस्ति आगलागी भयो, पीडा र तनावपनि धेरैनै भयो । दुइदिन सम्म त पानीपनि एकैछिन रहेन र बाहिर निस्कने अवस्था नै भएन,’ चन्द्रप्रसादले भने, ‘अब आफुपनि बस्नुपर्ने र सधैँभरि यस्तै राखेपनि नहुनेभएपछि साथीभाइको सरसहयोगमा पन्साउन लागेका छौँ ।’ श्यामलाल, चन्द्रप्रसाद लगायत यहाँका सबैले भग्नावशेष पन्साउन थालेका छन् । सरसफाइमा सहयोगका लागि स्काइभेटर मेशिनको पनि प्रयोग गरिएको छ । कतिपय सामग्री कवाडीलाई दिने निर्णय स्थानीयले गरेका छन् ।
असोज ८ गते बिहीबार दिउसो भएको आगलागीबाट यहाँका आठ ब्यक्तिका १० घर र १७ वटा पसल जल्दा १४ करोड ५६ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीपछि उनिहरु आफन्त तथा छिमेककोमा वसेका थिए । मेरिङदेन गाउँपालिका, जिल्ला विपत व्यवस्थापन समिति, रेडक्रस, उद्योग बाणिज्य संघ लगायतका सरकारी तथा गैरसरकारी निकायले राहत सामग्री दिएपछि उहाँहरुले आफ्नै तरिकाले पकाउने खाने गर्न थाल्नु भएको छ, उद्योग वाणिज्य संघ दोभानका अध्यक्ष हरीप्रसाद काफ्लेले भने, अव दिगो व्यवस्थापनको विषयमा छलफल गरिरहेका छौं ।
राजनीतिक दल लगायतका संघसंस्था राहत सामग्री लिएर पुग्नेक्रम जारी रहेको छ । अग्नी पीडित कतिपयले सरकारले दिगो व्यवस्थापनकालागि सहयोग गर्नुपर्ने प्रस्ताव गरेका छन् । सदरमुकाम फुङलिङपछिको दोश्रो वढी कारोबार हुने यहाँ ८० को हाराहारीमा घर पसल रहेको उद्योग बाणिज्य संघ दोभानले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066