आश्विन ९, २०८३
ताप्लेजुङ – तमोर नदीमा यो वर्षकै ठुलो पानीको बहाव देखिएको छ ।
फुङलिङ नगरपालिका २ को ठोक्रे र मेरिङदेन गाउँपालिका ३ खाम्लुङको दोभान बजार नजिकै नियाल्दा पानीको सतह धेरैनै बढेको दोभान वजारका व्यवसायी टङ्क खतिवडाले जानकारी दिए ।
पानीको सतह पुलको केही तलसम्म देखिएको छ । यो नदी सप्तकोसीलाई मिसिन्छ ।बुधबार बेलुकादेखि लगातार वर्षा भइरहेको ताप्लेजुङमा पछिल्लो २४ घण्टामा ६३.५ मिलिमिटर वर्षा भएको छ ।
वर्षा लगातार भइरहेकाले पानीको सतह अझ बढ्न सक्ने आँकलन गरिएको छ ।
जिल्लामा लगातार वर्षा भइरहेपनि दर्कने र भारी वर्षाभनें भएको छैन ।
वर्षाका कारण मेची राजमार्गको कावेली ताप्लेजुङ सडक खण्ड अवरुद्ध भएको छ ।
