२७ आश्विन २०८३, बुधबार

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सातदिन बिदा नपाउने, इमर्जेन्सी मेडिकल टिम बनाइयो

Logo
Taplejung Press शुक्रबार, आश्विन ०८, २०८३

आश्विन ९, २०८३
ताप्लेजुङ – जिल्ला अस्पताल ताप्लेजुङले अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सातदिनसम्म बिदा नदिने भएको छ ।
अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै बिहीबार (हिजो) को मितिदेखि कर्मचारी र स्वास्थ्यकर्मीलाई अत्यावश्यक अवस्थामा बाहेक ७ दिन सम्मका लागी बिदा, काज स्वीकृत नगर्ने निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किरण थापाले जानकारी दिए ।
मौसम विज्ञान विभागले भारी देखी अति भारी वर्षाहुने र ताप्लेजुङ जिल्ला समेत संवेदनशिल क्षेत्रमा परेकाले बिहीबार जिल्ला अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको आकस्मिक बैठक बसेको थियो ।
बैठकले विपद्को समयमा अस्पतालबाट प्रदान गरिने आकस्मिक तथा स्वास्थ्य सेवाहरूलाई प्रभावकारी बनाउन आवश्यक पूर्वतयारीको सुनिश्चितता गरेको, विपद् तथा आपतकालीन अवस्थामा आवश्यक पर्ने औषधि, स्वास्थ्य सामग्री, उपकरण, इन्धन तथा अन्य आवश्यक स्रोतसाधनको उपलब्धता र तयारीको सुनिश्चितता गरेको र विपद्को समयमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई आवश्यकता अनुसार परिचालन गर्न जिम्मेवारी तथा तयारी अवस्थामा रहन इमर्जेन्सी मेडिकल टिम बनाइएको थापा मगरले जानकारी दिए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066