२७ आश्विन २०८३, बुधबार

१४ वर्षदेखि  फरार सहित ताप्लेजुङमा छ जना पक्राउ

Logo
Taplejung Press ताप्लेजुङ प्रेस सोमबार, आश्विन ०४, २०८३

भाद्र ६, २०८३
ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयले १४ वर्षदेखिको फरार अभियुक्त सहित छ जनालाई पक्राउ गरेको छ ।
जिल्ला अदालत र प्रशासन कार्यालयबाट भएको फैसलाबमोजिम कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका प्रतिवादीलाई असोज २ देखि ५ गतेसम्म पक्राउ गरेको हो।
प्रहरी निरीक्षक एवं सूचना अधिकारी विद्यालाल कुमार शाहका अनुसार अभद्र व्यवहार कसुरमा एक वर्ष कैद र १० हजार जरिवाना सुनाइएका मिक्वाखोला गाउँपालिका २ का भक्तबहादुर शेर्पा पक्राउ परेका छन् । शेर्पाविरुद्ध २०६९ चैत २९ गते फैसला भएको थियो।
२०६९ असोज २८ गते हातहतियार तथा खरखजाना मुद्दामा एक वर्ष कैद तथा ८० हजार रुपैयाँ जरिवाना गरिएका आठराईत्रिवेणी गाउँपालिका ३ हाङपाङका पदम आङबुहाङ लिम्बूपनि पक्राउ परेको शाहले जानकारी दिए ।
यसै बर्स अर्थात जेठ १३ गते १० हजार जरिवाना र एक वर्ष कैद सजाय सुनाइएका आठराई त्रिवेणी गाउँपालिका ३ हाङपाङका ओमन रसाइली कामी, मेरिङदेन गाउँपालिका ६ नाल्बुका फुर्वा साङ्गे शेर्पा र मेरिङदेन गाउँपालिका ५ थुकिमाका पासाङ शेर्पालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
२०८२ साल मंसिर १५ गते चोरी मुद्दामा एक वर्ष कैद र १० हजार जरिवाना गरिएका परिवर्तित नामका एक व्यक्तिपनि पक्राउ परेका छन् ।
फैसला कार्यान्वयनका लागि जिल्ला अदालत र  प्रशासन कार्यालयमा हाजिर  गराइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066