आश्विन ३, २०८३
भाद्र १२ देखि १९ गतेसम्म सञ्चालित चौथो ताप्लेजुङ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा ९३ लाख ७२ हजार रुपैंयाँ खर्च भएको छ । प्रतियोगिता सम्पन्न भएको १५ दिन नबित्तै खर्च विवरण सार्वजनिक गरिएको हो ।
शनिबार फुङलिङ बजारको तोक्मेडाँडामा आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक विवरण अनुरुप ६५ लाख ८८ हजार ५ सय ९९ रुपैया प्राप्त भएको छ । बोलकबोल तथा सम्झौता भएको ३५ लाख पाँच हजार रुपैयाँ प्राप्त हुन बाँकी कागजपत्र मिलाउनुपर्ने स्थानीय तह र संघसंस्थाको रकम बाँकि रहेको हो । सबै रकम प्राप्त भएपछि बाँकी रकम तिरेर समितिको खातामा सात लाख २१ हजार ३ सय ४९ रुपियाँ बचत हुने लाखे जात्रा सञ्चालक समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिए ।
शेर्पाका अनुसार प्याकेज टिकट तथा प्रवेशद्वारबाट ५२ लाख ९६ हजार ९ सय ४८ रुपैयाँ उठेको थियो । चारवटा क्वाटरफाइनल खेलबाट ११ लाख ९१ हजार २ सय, दुईवटा सेमिफाइनलबाट छ लाख पाँच हजार ७ सय र फाइनल खेलबाट २० लाख २७ हजार रुपियाँ टिकट बिक्रीबाट सङ्कलन भएको शेर्पाले बताए ।
क्वार्टरफाइनलका प्रत्येक खेलका लागि दुई सय, सेमिफाइनलका लागि तीन सय र फाइनलका लागि पाँच सय रुपैयाँ टिकट दर निर्धारण गरिएको थियो ।
समितिका अध्यक्ष सागर मादेनका अनुसार टिम व्यवस्थापन तथा सेवा सुविधामा २५ लाख ५२ हजार ३ सय ५० रुपैयाँ खर्च भएको छ । यो सवैभन्दा वढी खर्च हो । पुरस्कार तथा विधागत तर्फ १२ लाख ४२ हजार ६ सय १५, प्याराफिट निर्माण, बाँस खरिद तथा ढुवानीमा १० लाख चार हजार ४ सय ४६, साउण्ड सिस्टम, व्यवस्थापन तथा आन्तरिक यातायातमा १८ लाख ३५ हजार १ सय ४४ रुपैयाँ खर्च भएको छ ।
खेलमैदान व्यवस्थापन, खेलाडीको यातायातमा सात लाख ३५ हजार ९ सय, रेफ्री, प्रशिक्षक सुविधामा चार लाख ७६ हजार २ सय, कार्यालय तथा प्राविधिक व्यवस्थापनमा पाँच लाख ५० हजार र प्रत्यक्ष प्रसारण तथा स्वयंसेवक व्यवस्थापनमा तीन लाख ४९ हजार रुपैयाँ खर्च भएको छ ।
मादेनले बाँकी रकम प्राप्तिका लागि आर्थिक प्रतिवेदनसहित प्रक्रिया अघि बढोको जानकारी दिए । प्रतियोगितामा भारत कालेम्पुङको एक सहित आठ टिमको सहभागिता रहेको थियो । फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतियोगितामा बिभागीय नेपाल पुलिस क्लव सहित राजधानी काठमाण्डौंवाट तीन टिम आएका थिए । उपाधिभनें यस वषर््पनि गत वर्षको विजेता सलहेश युवा क्लब सिराहाले हात पार्यो । प्रथम पुरस्कार ७ लाख र द्धितिय पुरस्कार ३ लाख ५० हजार रहेको थियो ।
