भाद्र २९, २०८३
ताप्लेजुङ – भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका फक्ताङ्लुङ गाउँपालिकाले २६ लाख १५ हजार ७ सय ४२ रुपैयाँ सङ्कलन गरेको छ ।
गाउँपालिकाका जनप्रतिनिधिको १५ दिन बराबरको २ लाख ३४ हजार २ सय ५०, कर्मचारीको तलब स्केलबाट ६ लाख ४८ हजार ५ सय ३२, तथा पालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक कर्मचारीबाट १७ लाख ३२ हजार ९ सय ६० रुपैयाँ जम्मा भएको हो । यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने पालिका अध्यक्ष लिम्बूले जानकारी दिए ।
भाद्र २६ गते बसेको गाउँ कार्यपालिकाको बैठकले स्वेच्छिक रूपले रकम सङ्कलन गर्ने निर्णय गरेको थियो । राष्ट्रिय विपद्को घडीमा दुःखमा परेका नागरिकलाई राज्य, स्थानीय तह, नागरिक समाज, निजी क्षेत्र, सङ्घसंस्था तथा आम नागरिक सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नु मानवीय दायित्व भएकाले रकम सङ्कलन गरिएको पालिका अध्यक्ष लिम्बू बताउँछन् ।
