नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका सदस्य तथा विद्यार्थी नेतृ अनिता पन्दाकलाई मातृ शोक परेको छ । सिदिङवा गाउँपालिका ४ साव्लाखु सल्लेरी निवासी अनिताका आमा मनमाया सेलिङ पन्दाकको ६० वर्षको उमेरमा निधन भएको हो ।
सदरमुकाम फुङलिङमा रहेकी जेठी छोरी सुशीला र नातिनातिना भेट्न सदरमुकाम आएकी पन्दाक शनिबार तोक्मेडाँडा हाट घुमेकी थिइन । आइतबार सुकेटार घुम्न जाने योजनामा रहेकी पन्दाक अकस्मात् बिरामी भएपछि जिल्ला अस्पताल लगिएको थियो ।
अस्पतालमा उपचारको क्रममा निधन भएको र छोरा, छोरी आउनेक्रममा रहेकाले शव गृहमा राखिएको परिवारका सदस्यले वताएका छन् । पन्दाकका तीन छोरी र एक छोरा छन् ।
