२८ आश्विन २०८३, बिहिबार

हाइड्रोको टनेलमा ढुङ्गाले लागेर र ट्रक दुर्घटना हुँदा दुई घाइते 

Logo
Taplejung Press बुधबार, भाद्र २३, २०८३

भाद्र २४, २०८३
ताप्लेजुङ  – हाईड्रोपावरको टनेलभित्र काम गर्नेक्रममा ढुङ्गाले लागेर र ट्रक पल्टिएर दुईजना घाइते भएका छन् । फुङ्लिङ नगरपालिका ९ मित्लुङमा रहेको  तमोर हाईड्रोपावरमा काम गर्ने  ओखलढुङ्गाको सिद्धिचरण गाउपालिका १ तलुवा बस्ने ३८ वर्षीय दीपक श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।
उनको ढाड र कुममा चोट लागेको छ । सदरमुकाम फुङलिङबाट फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकतर्फ सामान बोकेर जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालक प्रकाश मगर घाइते भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ६ बस्ने २८ वर्षका चालकको घुँडामा चोट लागेको छ । ट्रक भने पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिन्देश्वर यादवका अनुसार फेवा कन्ट्रक्सनको बाप्र ०३००१ क ०४३९ नम्बरको ट्रक फक्ताङलुङ गाउँपालिका
३ थिवाको कच्ची सडकमा पल्टिएको हो । अचानक ब्रेक फेल भई पल्टिएको चालकले बताएको र आवश्यक अनुसन्धान भइरहेको यादवले जानकारी दिए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066