२७ आश्विन २०८३, बुधबार

सलहेसले जित्यो ताप्लेजुङ गोल्डकपको उपाधि

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शुक्रबार, भाद्र १८, २०८३

ताप्लेजुङ — सिरहाको सलहेस युवा क्लबले लगातार दोस्रो वर्ष पनि ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

ताप्लेजुङ सदरमुकाम फुङलिङमा सञ्चालित प्रतियोगिताको फाइनलमा सिरहाले १–० गोल अन्तरले जितेको हो । तीन वर्षयता लगातार प्रतियोगितामा सहभागी हुँदै आएको सलहेस पहिलो खेलमा उपविजेता र त्यसपछिका खेलमा विजेता बनेको हो ।

हिलाम्मे मैदानमा भएको प्रतियोगिताको ७० औं मिनेटमा सिरहाको तर्फबाट फागुराम थारुले गरेको गोल नै निर्णायक बन्यो । फागुरामले गरेको प्रहार फिदिमका बिगमले क्लियर गर्न खोजेका थिए । उनले क्लियर गर्न नसक्दा र गोल किपर मिराक खजुमले जर्ज गर्न नसक्दा बलले जाली चुमेको थियो ।

फाइनल खेलको प्लेयर अफ द म्याच सलहेसका सनिश श्रेष्ठ भए र उनले ७ हजार मूल्य बराबरको अलैंची प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट गोल किपर सलहेसका दिपक कार्कीले १५ हजार, वेष्ट डिफेन्डर सलहेसकै अभिसेक लिम्बू, वेष्ट फरवार्ड फिदिमका विजय सोहाङ, वेष्ट कोच सिरहाका राजीवकुमार यादव र उदयमान खेलाडीको उपाधि ताप्लेजुङ ११ का शिशिर राई भएका छन् भने यो प्रतियोगिताका सबैभन्दा बढी गोल गर्ने फागुराम थारु भएका छन् । उनीहरु सबैले १५ हजारका दरले पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने फिदिमका टिम क्याप्टेन अनुकेश शेर्मा भएका छन् । उनले बजाज पल्सर १२५ सिसिको मोटरसाइकल प्राप्त गरे ।

विजेता सलहेसले ७ लाख २ हजार ८३  रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता फिदिमले ३ लाख २ हजार ८२ चित्त बुझाउनु पर्‍यो ।

सिरहा राष्ट्रिय खेलाडीका साथ मैदान उत्रिएको थियो भने फिदिमले आफ्नै जिल्लाका खेलाडीलाई मात्रै मैदान उतारेको थियो । प्रतियोगिता भदौ १२ गते शुक्रबारदेखि सुरु भएको थियो । लाखे जात्रा पर्वको अवसरका हरेक वर्ष यो प्रतियोगिता सञ्चालन गरिँदै आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066