१० जेठ २०८२, शनिबार

यो वर्षको ताप्लेजुङ गोल्डकप फुटवललाई भाषण सुन्य बनाउने, प्रमुख र बिशिष्ट अतिथिपनि नराख्ने

Logo
Taplejung Press मंगलबार, साउन २९, २०८१

ताप्लेजुङ – लाखे जात्राको अवसरमा भदौ ३ गतेदेखि हुन लागेको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितालाई यसवर्ष भाषण शून्य बनाउने विषयमा छलफल सुरु भएको छ । मञ्चमा अतिथि बोलिरहने दर्शक दीर्घमा रहेकाले फुटबलमा किन भाषण भनेर प्रश्न गर्ने र समयपनि बचत गर्नुपर्ने भएकाले सिधै प्रतियोगिता गर्ने तयारीमा आयोजक पुगेको हो ।

यसवर्ष प्रमुख अतिथि र विशिष्ट अतिथिपनि  नराख्ने तयारी आयोजकको छ । एक दिन प्रमुख अतिथि, विशिष्ट अतिथि भएको ब्यक्तिलाई अर्कोदिनको खेल हेर्न जान गारोभएकाले पनि यस्तो अभ्यास गर्न लागिएको आयोजक श्रोतले बतायो । हरेक दिनको प्रतियोगिता अवलोकनका लागि जिल्लाका सबै प्रतिष्ठित महानुभावलाई बोलाउने, मर्यादाक्रम अनुसार आसन ग्रहण गराउने, खेलाडीको हौसला बढाउन खेलाडीसँग हात मिलाएर फर्कन आग्रह गर्ने तर प्रमुख, विशिष्ट जस्ता शब्दावली नझुन्डाउने र मन्तव्य नराख्ने तयारी गरेको हो । यसो गरे हरेक दिनको खेल निर्धारित समयमै गर्न सकिने बुझाई आयोजकको छ ।

फुटबललाई खेलमै केन्द्रीत गर्न र दर्शकको अपेक्षालाई पुरा गर्न ढाँचा परिवर्तनका विषयमा तयारी गरिएको आयोजकले बताए । त्यसका लागि  मङ्गलवार दिउसो  सरोकारवाला सगपनि परामर्श गर्ने लाखेजात्रा सञ्चालक समितिका सचिव टिकेन्द्र नेपाली बताउँछन् ।  कार्यक्रमको प्रत्‍यक्ष प्रसारण गर्ने गोल नेपालले मञ्चका अतिथिलाई फोकस गर्ने छ । गतवर्ष खेल ढिलोगरी सुरु हुँदा निर्धारित समयमा बराबरी खेलेका टिमले अतिरिक्त समय खेल्न पाएका थिएनन् । नियमत यसो गर्न नपाइने खेलाडी बताउँछन । आयोजकले समय नभएकैले सिधै पेनाल्टीबाट छिनोफानो गराएका थिए ।

खेल सकेर बाहिर निस्कँदा आज अतिथिले यस्तो बोले भन्ने चर्चापनि नभएको, मिडिया कभरेजपनि नभएको, समयपनि ढिलो भएको र मन्तव्यको विषय दर्शकले पनि नरुचाएको हुँदा अभ्यासका लागिपनि गर्ने मनस्थितिमा आयोजक पुगेको हो । प्रतियोगितालाई प्रभावकारी बनाउने विषयमा आएको यो सुझावमा परामर्श भइरहेको अध्यक्ष देवराज गुरुङ बताउँछन । ‘मैदान प्रवेश गर्नु भएका अतिथि देखि दर्शकसम्म लाई राम्रो सम्मानको प्रयास गछौँ,’ गुरुङले भने, ‘भाषण, प्रमुख अतिथि, विशिष्ट अतिथिको विषयलाई अन्यथा लिनु हुन्न होला जस्तो लाग्छ त्यसैले हटाउदा राम्रै होला जस्तोपनि लागेको छ ।’ यसो गरे विदेसमा रहेका नेपालीहरुले खेल हेर्ने समय मिलाउने र ताप्लेजुङकै गाउवाट आएका दर्शकले फर्कने समय सुविधा पाउने उनको बुझाई छ । 

निर्धारित समयमै खेल सुरु भए अतिरिक्त समय आवष्यक परे खेलाउन सकिने र दर्शकलाई पनि फर्कने सुविधा हुने सुझाव सरोकारवालाले दिएका छन् । केही दिन अघि कठमाण्डौमा सम्पन्न काभा महिला भलिवल प्रतियोगिता खेलकुद मन्त्री लगायतका ब्यत्ति उपस्थित थिए । तर मन्त्री स्वयंलेपनि भाषण गरेनन् । आयोजकले जम्मा दुई मिनेट बोलेको विषय अहिले चर्चमा रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066