२७ आश्विन २०८३, बुधबार

कञ्चनजङ्घा र कञ्चन एकेडेमीले गरे रसुवा बाढी पीडितकालागि एक लाख ८४ हजार सहयोग

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बिहिबार, भाद्र १७, २०८३

भाद्र १८, २०८३
ताप्लेजुङ – भोटेकोशीको बाढीले निम्त्याएको विनाशबाट प्रभावित नागरिकको सहयोगार्थ ताप्लेजुङको कञ्चनजङ्घा आवासीय माध्यमिक विद्यालय र कञ्चन एकेडेमीले १ लाख ८४ हजार रुपैयाँ सङ्कलन गरेका छन् ।
निजी विद्यालय अर्गनाइजेसन प्याब्सनका केन्द्रीय सदस्य समेत रहेका दिनेश भट्टराईले दिएको जानकारी अनुसार कञ्चनजङ्गाले १ लाख र एकेडेमीले ८५ हजार रुपैयाँ सङ्कलन गरेका हुन् ।
कञ्चनजङ्घाका विद्यार्थीबाट सङ्कलित ३२ हजार २५, शिक्षक कर्मचारीबाट ३२ हजार ५ सय ५०, विद्यालयको तर्फबाट ३५ हजार ४ सय २५ रुपैयाँ जम्मा भएको छ ।
यस्तै, एकेडेमीका विद्यार्थीबाट ९ हजार ८ सय २५, शिक्षक कर्मचारीबाट २४ हजार र विद्यालयको तर्फबाट ५० हजार १ सय ७५ रुपैयाँ सङ्कलन भएको छ ।
सङ्कलित रकम जिल्ला प्याब्सन ताप्लेजुङ मार्फत प्रभावित क्षेत्रमा पठाउने भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066