२७ आश्विन २०८३, बुधबार

ताप्लेजुङको लिटलबुद्धले बाढीपहिरो प्रभावित बालबालिकाका लागि उठायो १ लाख १० हजार ६०५

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बुधबार, भाद्र १६, २०८३

भाद्र १७, २०८३
ताप्लेजुङ – सदरमुकाम फुङलिङमा सञ्चालित लिटलबुद्ध आवासीय माध्यमिक विद्यालयले रसुवाका बाढीपहिरो प्रभावित बालबालिकाका लागि १ लाख  १० हजार ६०५ रुपैयाँ उठाएको छ ।
५ देखि १० सम्मका विद्यार्थीले २५ हजार २५ हजार नौ सय ७५, नर्सरीदेखि कक्षा ४ सम्म पढाउने शिक्षकबाट सङ्कलित १४ हजार १ सय ५, प्रधानाध्यापक सहित ५ देखि १० सम्म पढाउने शिक्षकबाट १८ हजार ४ सय २० रुपैँया सङ्कलन भएको छ ।
विद्यालय व्यवस्थापनको तर्फबाट ५२ हजार १ सय १५ रुपैयाँ थप गरीएको प्रधानाध्यापक युवराज गिरीले जानकारी दिए । निजी बिद्यलय भएकाले आफूले निजी विद्यालय अर्गनाइजेसन ‘प्याब्सन’ ताप्लेजुङको खातामा जम्मा गरेको उनले बताए । प्याब्सनबाट रसुवा सहितका प्रभावित जिल्लाका बालबालिकामा पुग्नेगरि त्यहाँको प्याब्सन मार्फत पुर्‍याइने सहमती भएको उनले जानकारी दिए ।
गिरीका अनुसार विद्यालय प्रशासनले इच्छुक विद्यार्थीलाई सहयोगको अपिल गरेको थियो । विद्यार्थीले खाजाको रकम कटाएर राहत कोषमा जम्मा गरेको बताएका छन् ।
प्याब्सन ताप्लेजुङका सचिव तरुण भारतीका अनुसार जिल्लामा रहेका सबै निजी विद्यालयले रकम जम्मा गर्ने र एकमुष्ट पठाउने सहमति भएको छ । अन्य विद्यालयमा पनि सङ्कलनको काम भइरहेको उनले भारतीले जानकारी दिए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066