२८ आश्विन २०८३, बिहिबार

तमोर इनर्जी प्रालिले गर्यो तमोर नदीमा बेलिब्रिज निर्माण

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, भाद्र १३, २०८३

भाद्र १४, २०८३
ताप्लेजुङ – तमोर इनर्जी प्रालिले फक्ताङ्लुङ गाउँपालिका ५ तापेथोक हुँदै नेपाल चीन सिमाना टिपताला भन्ज्याङ जोडिने तमोर नदी माथि बेलिब्रिज निर्माण गरेको छ । गतवर्षको बाढीले पुल बगाएपछि तापेथोक र लेलेप अस्थायी संरचना मार्फत जोडिदै आएको थियो ।
सात करोड ८५ लाख १९ हजारको लागतमा बेलिब्रिज निर्माण गरिएको माथिल्लो तमोर जलविद्युत आयोजनाका प्रबन्धक सम्झना क्षेत्रीले जानकारी दिइन । यसको लम्बाइ ५४.८ र चौडाइ ४.५ मिटर रहेको छ । पुल निर्माणपछि गाउँपालिकाको वडा नम्बर ४ इखाबु, ५ तापेथोक, ६ लेलेप र ७ ओलाङ्चुङगोलासम्म यातायात सञ्चालनका लागि सहज भएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिए ।
पुल निर्माण सम्पन्न भएको सन्देश दिन पालिका अध्यक्ष लिम्बू, उपाध्यक्ष विकास साम्रा, आयोजना प्रमुख क्षेत्री लगायत गाडीमा पुलको वारपार गरेका थिए । आयोजनाले यसअघि फुङ्लिङ नगरपालिका फुरुम्बु र फक्ताङ्लुङ ३ लिङ्खिमको सिमाना भएर बहने सिस्ने खोलामा चार करोडको लागतमा २७.३ मिटर लम्बाइ र ४.५ मिटर चौडाइको बेलिब्रिज निर्माण गरेको थियो ।
प्रालिले २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066