२७ आश्विन २०८३, बुधबार

सातदोबाटोलाई ट्राइब्रेकरमा पराजित गर्दै सलहेस ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, भाद्र १३, २०८३

भाद्र १४, २०८३
ताप्लेजुङ – डिफेन्डिङ च्याम्पियन सलहेस युथ क्लब सिरहा ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । सातदोबाटो फुटबल क्लब ललितपुरलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
सदरमुकाम फुङलिङमा जारी प्रतियोगिताको तेस्रो खेलको निर्धारित ९० मिनेटमा दुवैले १–१ गोल गरे । ट्राइब्रेकरमा सातदोबाटोका विश्व लामा र श्यामेल सुनुवारको प्रहार सलहेसका गोलकिपर दीप कार्कीले रोकिदिए पछि सेमिफाइनल यात्रा तय गरेको हो ।
सलहेसको तर्फबाट फागुराम थारु, सनिश श्रेष्ठ, निसकुमार श्रेष्ठ र दीप कार्कीले गोल गरेका थिए । रोहन कार्कीको प्रहारभनें सातदोबाटोका गोल किपर विशाल सुनुवारले रोकिदिए । सातदोबाटोको तर्फबाट विशाल भण्डारी, शिला र श्याम मुर्मुले गोल गरे । यसअघि पहिलो हाफको २४ औं मिनेटमा सलहेसका फागुरामले हेड मार्फत गोलको खाता खोलेका थिए । तर ३२ औं मिनेटमा सातदोबाटोका समिर तामाङले डि बक्सको दायाँ भागबाट गरेको प्रहार गोलमा परिणत भएपछि खेल बराबरीमा पुग्यो ।
खेलको म्यान अफदी म्याच सलहेसका गोल किपर दीप कार्की भए र ७ हजार मूल्य बराबरको अलैँची प्राप्त गरे । म्यान अफदी म्याचको प्रायोजन मिक्वाखोला गाउँपालिका ४ साँवाका अलैँची किसान विजय साँवाले गरेका छन् । उनले खेल भएको दिनको मूल्य अनुसारको अलैंची दिने गरेका छन् ।
सोमबारको चौथो तथा अन्तिम क्वाटर फाइनल खेल झापा ११ र विभागीय टोली नेपाल पुलिस क्लब बिच हुने आयोजकले बताएका छन् । खेल दिउसो ३ बजेदेखि सुरु हुने लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए । अबको पहिलो सेमिफाइनल खेल मङ्गलबार जर्जियन युनाइटेड क्लव कालिम्पोङ भारत र आइतबारको विजेता सलहेस बिच हुनेछ ।
जर्जियन उद्‌घाटन खेलमा आयोजक ताप्लेजुङ ११ लाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । आठ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल १९ गते हुनेछ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066