भाद्र १३, २०८३
ताप्लेजुङ – नेरुवा खोलाको पहिरोका कारण मैवाखोला गाउँपालिका सनिबारदेखि विद्युत सेवाबाट बञ्चित भएको छ । ताम्राङको नेरुवा खोलामा सनिबार दिउसो पहिरो जाँदा दुईवटा विद्युतका पोल ढलेको विद्युत कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।
कार्यालय प्रमुख इन्जिनियर उमेश श्रेष्ठले आइतबार बिहानैदेखि जनशक्ति परिचालन गरी वैकल्पिक विधिबाट पोल ठड्याउने उपायको खोजी गरिने जानकारी दिए । विद्युत प्रवाह निरन्तरकालागि जनशक्ति परिचालन गर्ने उनले बताए ।
हिटी सव सबस्टेसनबाट मैवाखोला र आठराईत्रिबेणी गाउँपालिकामा एकै करिडोरबाट विद्युत प्रवाह भएको छ । मैवाखोला तर्फको विद्युत मात्रै काटिएको कार्यालयले जनाएको छ ।
