भाद्र १३, २०८३
ताप्लेजुङ – गाईजात्रा पर्वको अवसरमा सदरमुकाम फुङलिङमा तामाचासापारु निकालिदै छ । नेपाल भाषा तथा सांस्कृतिक समाजको नेतृत्वमा वर्षभरी दिवङ्गत भएका तीनजनाको तामाचासापारु निकाल्न लागिएको समाजका अध्यक्ष शङ्कर श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठका अनुसार पर्शुराम श्रेष्ठ, धिरेन्द्र श्रेष्ठ र किशोर श्रेष्ठको निकाल्ने तयारी छ । पुरानो हिकोलालाईन शान्ति टोलबाट पर्शुरामको निकाल्ने त्यहाँबाट बिरेन्द्र चोक स्थित किशोर श्रेष्ठकोमा पुगेर किशोरको लिएर माथिल्लो रोड हुँदै दोबाटोमा पुगेर धिरेन्द्र श्रेष्ठको निकाल्ने श्रेष्ठले जानकारी दिए ।
तामाचासापारु सँगै ठ्याकठुके नृत्य, धिमेबाजा सहित नगर परिक्रमा गर्ने समाजले जनाएको छ । शनिबार बिहान ११ बजेदेखि सुरु हुने श्रेष्ठले बताए ।
