२७ आश्विन २०८३, बुधबार

तेश्रो रेडपान्डा म्याराथन ‘यसवर्ष सोलुखुम्बुमा’, महिला, पुरुष, फरेष्ट गार्जेन्टका लागि म्याराथन र समुदायका लागि पाँच किलोमिटर दौड

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बुधबार, साउन २६, २०८३

श्रावण २७, २०८३

ताप्लेजुङ — २०८१ सालमा ताप्लेजुङबाट सुरु भएको रेडपान्डा म्याराथन प्रतियोगिताको तेस्रो संस्करण यसपटक सोलुखुम्बु जिल्लामा हुने भएको छ । आगामी भदौ २० गते सोलुखुम्बुको सल्लेरिमा हुने रेडपान्डा नेटवर्कले जनाएको छ ।

खेलकुद मार्फत रेडपाण्डा संरक्षणको सन्देशलाई समुदाय र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्यसहित सामुदायिक सहभागितामा म्याराथन गर्न लागिएको नेटवर्कका सञ्चार अधिकृत अल्का श्रेष्ठले जानकारी दिइन् ।

साहसिक पर्यटन प्रवर्द्धनलाई जोड दिने उद्देश्य अनुरुप सुरु भएको प्रतियोगिता गत वर्ष इलाममा गरिएको थियो । हिमाली जिल्लाबाटै सुरु भएको प्रतियोगिताको ८३ सालको तेस्रो प्रतियोगिताका लागि पनि हिमाली जिल्लालाई रोजिएको हो ।

प्ले फर नेचरको सहयोग, हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा सोलुखुम्बुसँगको सहकार्य तथा रेडपाण्डा नेटवर्कको आयोजनामा हुने म्याराथनमा २ हजार ३ सय ६० मिटरको सल्लेरीस्थित थेक्छेन पेमा छोलिङ गोन्पाबाट सुरु हुनेछ ।

४ हजार ५४ मिटरको पिकेपिक पुगेर गोन्पामा फर्कनुपर्ने मार्ग ४८ किलोमिटरको छ । धावनमार्ग रेडपाण्डाको वासस्थानसँग जोडिएको क्षेत्र रहेको उल्लेख छ । महिला, पुरुष र फरेष्ट गार्जन्ट (जंगल संरक्षक) गरी म्याराथन तीन विधामा गर्न लागिएको नेटवर्कले जनाएको छ ।

प्रतिस्पर्धीका लागि अनलाइन आवेदन खुला भएको श्रेष्ठले जानकारी दिइन् । महिला र पुरुष तर्फका विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख, तेश्रो हुनेले ५० हजार र चौथोले ३० हजार प्राप्त गर्ने छन् । महिला र पुरुषका लागि समान पुरस्कार राखिएको आयोजकले वताएका छन् । फरेष्ट गार्जेण्टतर्फ भने विजेताले २५ हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार पाउने छन् ।

समुदायका लालागि ५ किलोमिटर दौड रहेको छ । यसको विजेताले २५ हजार, उपविजेताले २० हजार, तेस्रोले १० हजार र चौथोले ५ हजार पुरस्कार पाउने छन् । यो प्रतियोगिता अन्तर्राष्ट्रिय रेडपाण्डा दिसवको अवसरमा गर्न लागिएको हो । हरेक वर्षको ५ सेप्टेम्वरका दिन रेडपाण्डा दिवस मनाइन्छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066