

ताप्लेजुङ – भाद्र ३ गतेदेखि हुने ताप्लेजुङ गोल्ड कपका खेलाडी राख्ने होटल चिट्ठा गरेर छानिएको छ । खेलाडी राख्न १२ वटा होटल सूचिकृत भएपछि चिट्ठा गरिएको आयोजकले बताएका छन ।
चिट्ठा गर्ने जिम्मेवारी होटल व्यवसायी महासङ्घ लाईनै दिइएको थियो । आठ वटा टिम सहभागी हुने प्रतियोगितामा छ टिम होटलमा बस्छन् । आयोजक आफ्नै व्यवस्थापन अनुसार बस्छनभनें विभागीय टिम त्रिभुवन आर्मी क्लबले सेनाकै ब्यारेकमा बस्ने जनाएको छ । बाँकी रहेका छ टिम होटलमा वस्नका लागि आयोजकले सहजीकरण गरिदिनु पर्ने होटल व्यवसायी सङ्घका अध्यक्ष दिनेश खवास बताउँछन । एउटा टिममा म्यानेजर सहित १९ जना खेलाडि हुन्छन् ।
खवासका अनुसार होटल प्यारिजमा पाँचथर, नाङ्लोमा मोरङ, नमस्तेमा बुटबल, अन्नपूर्णमा झापा ओचार्डमा सिराहा र इको भ्युमा भारतको कञ्चनजङ्घा क्लबका खेलाडी बस्ने भएका छन । यो वर्षको पहिलो खेल आयोजक सङ्घर्ष स्पोर्टिङ क्लब र भारतको सिलिगुडीका बिच हुँदैछ ।