असार १७, २०८३
ताप्लेजुङ – पाथीभरा क्याम्पसमा अध्ययनरत एक दृष्टिविहीन विद्यार्थीलाई मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले एक थान ल्यापटप प्रदान गरेका छन् । बुधबार क्याम्पस परिसरमै पुगेर अध्यक्ष वनेमले ल्यापटप प्रदान गरेको क्याम्पस प्रमुख सजन पौडेलले जानकारी दिए ।
मैवाखोला गाउँपालिका घर भएका लिम्बू पाथीभरा क्याम्पसमा स्नातक तह दोश्रो वर्षमा अध्ययनरत रहेका छन् । शिक्षासँगै उनको आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले ल्यापटप प्रदान गरिएको वनेमले बताए ।
मैवाखोलाले पालिकाका विद्यार्थीलाई निशुल्क शिक्षादेखि शैक्षिक क्षेत्रको सुधारकालागि विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्याम्पस प्रमुख पौडेलका अनुसार उनी क्याम्पसमा तेजश्वी छात्र हुन । उनले यसअघि फुङलिङ नगरपालिकाले दृष्टिविहीनका लागि सञ्चालन गरेको कम्प्युटर तालिम लिएका थिए ।
