१३ आषाढ २०८३, आइतबार

हिमालयन ट्रस्ट युकेको नजरमा सरस्वती मावि र रानी आधारभुत उत्कृष्ट विद्यालय, पाए ५० हजारका दरले पुरस्कार

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, आषाढ १३, २०८३

असार १४, २०८३
ताप्लेजुङ – विश्वको तेश्रो अग्लो हिमाल कञ्चनजङ्घा (८, ५८६ मिटर) को पहिलो आरोही जर्ज बैण्ड समेतको सहभागितामा वेलायतमा खुलेको हिमालयन ट्रस्ट युकेले ताप्लेजुङका दुई पालिकामा शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गरेको छ । ट्रष्टले आफूले कार्यक्रम सञ्चालन गरेका क्षेत्रका विद्यालय मध्येवाट हरेक वर्ष सर्वोत्कृष्ट छान्छ र ५० हजार नगद पुरस्कार दिन्छ । त्यो पुरस्कार यसवर्ष गाउँपालिकाको केन्द्रमा रहेको सरस्वती मावि तापेथोक र रानी आधारभुत विद्यालय इखावुले प्राप्त गरेका छन् । दुवै विद्यालय फक्ताङलुङ गाउँपालिकाका हुन् ।
खेजेनिम माध्यमिक विद्यालय, भक्त आधारभूत विद्यालय, सरस्वती च्यारिबुक माध्यमिक विद्यालय फक्तालुङ उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत भए । उनिहरुले ३५ हजारका दरले नगद पुरस्कार प्राप्त गरे । विद्यार्थीको उपस्थिति, सरसफाइ, सिकाइ उपलब्धि लगायतका मापदण्डमा सर्वोत्कृष्ट र उत्कृष्ट विद्यालय छनौट हुने फाउण्डेसनले जनाएको छ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सर्वोत्कृष्ट नतिजा ल्याउने सुनदेवी माध्यमिक विद्यालय इखाबुले नगद ३५ हजार पायो ।
सामथ्र्य फाउण्डेसन मार्फत वितरित यस्तो पुरस्कार विद्यालय, शिक्षक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थी समेत गरी ..जनाले पाए ।
फाउन्डेसनका प्रवन्धक राजेन्द्रप्रसाद पन्तका अनुसार दुई पालिकाका ५१ विद्यालयमा यो कार्यक्रम सञ्चालित छ । हरेक विद्यालयका एकजना उत्कृष्ट विद्यार्थीलाई दुई हजारकादरले पुरस्कार दिइन्छ । ५१ जनालाई यस्तो पुरस्कार दिइयो । उनीहरू विद्यालयमा अनुशासित र जेहेनदारका सूचीमा पछर्न । नौ जना शिक्षक, दुई जना अभिभावक सम्मानित भए । उनीहरूले जनही ५ हजारका दरले पुरस्कार पाए । बालविकास सहजकर्ता विमला लिम्बू, शिक्षकहरू हरिप्रसाद घिमिरे, देवीमाया बराल, योगेन्द्र चुडाल, मङ्गलहाङ लिम्बू, सञ्जयकुमार राम, मुना केदेम लिम्बू उत्कृष्ट शिक्षकका रुपमा सम्मानित भए । स्रोत शिक्षकका रुपमा दिप्सन परियार र छत्रबहादुर शाही पुरस्कृत भए । अभिभावक अर्थात विद्यालय व्यवस्थापन समितितर्फ महेन्द्रनाथ लिम्बू र सोमबहादुर राईलाई पुरस्कृत गरियो । यो कार्यक्रम फक्ताङ्लुङका सबै र सिरिजङ्गा गाउँपालिकाका ६, ७ र ८ नम्बर वडाका विद्यालयमा सञ्चालित छ ।
फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख योगेश्‍वर भट्टराई, सामथ्र्र्य फाउन्डेसनका प्रवन्धक पन्त लगायतले सम्मान सहित पुरस्कार प्रदान गरे । दुई पालिकाका ५१ सामुदायिक विद्यालयमा सञ्चालित सिकाइ उपलब्धि प्रवर्धन कार्यक्रमले शैक्षिक परिवर्तनकालगि राम्रो सहयोग पुर्याएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू वताउँछन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!