१२ आषाढ २०८३, शनिबार

कडरिया जिल्ला खेलकुद विकास समितिको उपाध्यक्ष

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शुक्रबार, आषाढ ११, २०८३

असार १३, २०८३
ताप्लेजुङ – जिल्ला खेलकुद विकास समितिको उपाध्यक्षमा नेपाली काङ्ग्रेसका नेतृ समेत रहेकी अञ्जना कडरियालाई चयन गरिएको छ ।
कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेशका १२ जिल्लामा अध्यक्ष र उपाध्यक्ष चयन गरेको हो । बोर्डका सदस्य सचिव विप्लव घोषका अनुसार अध्यक्षमा चन्द्र थेवे र उपाध्यक्षमा कडरियालाई चयन गरिएको हो ।
अध्यक्ष र उपाध्यक्षले अव ८ जना सदस्य चयन गर्न पाउनेछन् । तर, यसकालागि भने खेलकुदका क्लब, शिक्षक, महिला लगायतका तोकिएको क्षेत्रवाट चयन गर्नुपर्ने हुन्छ ।
अध्यक्ष र उपाध्यक्षलाई बोर्डले चार वर्षका लागि नियुक्ति दिने र सपथ खुवाउने प्रावधान रहेको छ ।
बिश्वकप फुटबल प्रतियोगिता चलिरहेको बेला बोर्डद्धारा चयन भएकी कडरिया फुटबलमा चासो राख्ने ब्यक्तिपनि हुन् । बिश्वकपमा उनको समर्थन पोर्चुगल प्रति छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!