०७ आषाढ २०८३, सोमबार

फुङलिङ नगरपालिका आर्थिक प्रशासन शाखाको जिम्मेवारी सिग्देललाई

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस सोमबार, आषाढ ०७, २०८३

ताप्लेजुङ – फुङलिङ नगरपालिका ताप्लेजुङको आर्थिक प्रशासन शाखा प्रमुखको जिम्मेवारी भोला सिग्देलले लिएका छन् । लेखा अधिकृत दिनेश भण्डारी सरुवा भएपछि सरकारले अर्को अधिकृत पठाएको छैन ।
आर्थिक वर्षको अन्त्य हुँदै जाँदा उपभोक्तालाई भुक्तानी दिनुपर्ने, कर्मचारीलाई तलब भत्ता उपलब्ध गराउनु पर्ने आवश्यकता रहेको थियो । यही सन्दर्भमा सिग्देलले जिम्मेवारी लिएका हुन् ।
नगरपालिकाका एक कर्मचारीले भने, ‘भोला सरले शाखा प्रमुखको जिम्मेवारी लिने चाहना गर्नु भएको थिएन । तर भुक्तानीको चरम समस्या भएको र तिनलाई फुङलिङ नगरपालिका निवासी भएकाले टुलुटुलु हेर्ने छुट उहाँमा नभएकाले काम सुरु गर्नु भएको छ ।’
भुक्तानीमा कार्यालय प्रमुख र लेखा शाखा प्रमुखले हस्ताक्षर गर्नु पर्छ । तर कहिले प्रशासकीय अधिकृत नहुने र कहिले लेखा शाखामा कर्मचारी नहुँदा नागरिकले समस्या भोग्ने गरेका छन् । लेखा प्रमुख नहुँदा मैवाखोला गाउँपालिकामा पनि यस्तै समस्या रहेको छ ।
फुङलिङ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा फुङलिङनै घर भएका शिक्षा शाखा प्रमुख प्रकाश पौडेलले निमित्तको जिम्मेवारी निर्वाह गर्ने गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!