असार ३, २०८३
ताप्लेजुङ फुङलिङ नगरपालिका ५ कोठेबारीका कमल प्रसाद दाहाल दिवङ्गत भएको २० वर्ष भयो । २०६३ साल माघ महिनामा दिवङ्गत कमल अहिलेससम्म बाँची रहेकाभए असार ३ गते एक सय वर्ष अर्थात शताव्दी पुरुष हुनेथिए ।
तर, पिता जिको शतवार्षिकी उनका छोरा गणेश प्रसाद दाहाल तथा बुहारी कुमारी दाहालले दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै स्मरण गरे । चार मध्येका माइला छोरा गणेश बुधबार बिहान १० हजार रुपैयाँ बोकेर पाथीभरा क्याम्पस पुगे र क्याम्पस प्रमुख सजन पौडेललाई आफ्नो योजना सुनाए । क्याम्पस प्रमुख पौडेलले आफ्ना सहकर्मीसँग परामर्श गरेर क्याम्पसमा अब्बल नतिजा निकालीरहेका दुई विद्यार्थी छनौट गरे ।
आफूहरूको शैक्षिक उन्नयनको शुभेच्छा ब्यक्तगर्नेको चाहनाप्रति ति विद्यार्थी कृतज्ञ बने र छात्रवृत्ति लिन तयार भए । विना तामझाम गणेशले छात्रवृत्ति प्रदान गरे । यतिसम्मकी आफूले दिने छात्रवृत्ति क्याम्पस प्रमुख मार्फतनै प्रदान गरे ।
यस्ता सामाजीक कार्य आगामी दिनमापनि निरन्तर रहुन भन्दै क्याम्पस प्रमुख पौडेलले दाहाललाई खादा लगाइदिएपछि औपचारिक कार्यक्रम सम्पन्न भयो ।
दाहालले जिल्लाका सामाजिक सङ्घसंस्थालाई विभिन्न अवसर पारेर सहयोग रकम प्रदान गर्दै आएका थिए । पिताको स्मरणमा भनेँ छात्रवृत्ति प्रदान गरेका हुन् ।
