२३ जेठ २०८३, आइतबार

ताप्लेजुङ उपसभापतिमा तामाङसँग १२ मतले पराजित भइन् खिम्दिङ

Logo
Taplejung Press ताप्लेजुङ प्रेस आइतबार, जेठ २३, २०८३

ज्येष्ठ २४, २०८३
ताप्लेजुङ – राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङको उपसभापतिकालागि निर्वाचन भएको छ । उपसभापतिका लागि मानबहादुर तामाङ र निर्मला खिम्दिङविच प्रतिष्पर्धा भएको हो । रास्वपाबाट प्रतिनिधिसभाको समानुपातिक सूचीमा समेत रहेकी खिम्दिङ १२ मतले पराजीत भइन् ।
उपसभापतिमा चारजनाको दावी रहेको थियो । तर, तामाङ र खिम्दिङ दुवैले दावी नछोडेपछि शनिबार बेलुका मतदान मार्फत छिनोफानो गरिएको निर्वाचन समितिले जनाएको छ ।

निवर्तमान सभापति विरेन्द्र श्रेष्ठका अनुसार तामाङले ३९ र खिम्दिङले २७ मत प्राप्त गरेका थिए । १२ मत वढी ल्याएका तामाङ निर्वाचित भएका हुन । तामाङ मेरिङदेन गाउँपालिका दोभान निवासी हुन् । बाँकी सबै पद सर्वसम्मत भएको छ ।
पहिलो जिल्ला अधिवेशनले राजन कुमार गुरुङलाई सभापतिमा चयन गरेको छ । गुरुङ फुङलिङ नगरपालिका ७ दोखु निवासी हुन् । सचिवमा फुङलिङ नगरपालिकाका लिला प्रसाद पौडेल, सहसचिवमा फुङलिङ २ का गोपाल गुरागाँई चयन भएका छन् ।

रास्वपाको विधान अनुसार कोषाध्यक्ष कार्यसमितिले चयन गर्ने प्रावधान रहेको छ । निर्वाचित सदस्यहरूमा कमल लेछर्वो, छत्र बहादुर विश्वकर्मा, सुशीला कार्की भोटिया, शान्ति सिवा, हर्कराज गुरुङ, नवीन अधिकारी र राजेन्द्र कुमार थापा रहेका छन् । पदाधिकारी सहितका अधिकांश सदस्य फुङलिङ नगरपालिका निवासी हुन् ।
रास्वपाले यसअघि फुडलिड नगरपालिका सहित सिदिडवा, सिरिजङ्गा, मेरिङदेन, आठराईत्रिबेणी, मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिकाको पालिका अधिवेशन सम्पन्न गरेको छ । नौ स्थानीय तहमध्ये फक्ताङलुङ र मैवाखोला गाउँपालिकामा हुन बाँकी छ ।
पालिका अधिवेशनबाट फुङलिङ नगरपालिकामा युवराज बराल, मेरिङदेन गाउँपालिकामा जीवन पौडेल, सिदिङवामा कविराज लिम्बू, सिरिजङ्गामा भवानी प्रसाद दाहाल, मिक्वाखोलामा नुपु शेर्पा, पाथीभरायाङवरकमा शरन तामाङ र आठराईत्रिबेणीमा केदारनाथ प्रसाईँ सभापति चयन भएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!