ज्येष्ठ १६, २०८३
ताप्लेजुङ राष्ट्रिय स्वतन्त्र पार्टी फुङलिङ नगरपालिकाको पहिलो अधिवेशनले फुङलिङ नगरपालिका ३ निवासी युवराज बरालको सभापतित्वमा ११ सदस्यीय नगर समिति गठन गरेको छ । बराल वाड्नं ३ का निवर्तमान वडाध्यक्षपनि हुन् ।
ज्येष्ठ १५ गतेको भेलाले उपसभापतिमा कुमार लेछर्वो (वाड्नं १०), सचिवमा मानबहादुर गुरुङ (वाड्नं ६), सहसचिव सौरभ इजम (वाड्नं ११) लाई चयन गरेको छ । रास्वपाको विधान अनुसार कोषाध्यक्ष भनेँ सदस्यहरूबाट चयन गरिने छ ।
सदस्यहरूमा प्रेम घिमिरे (वाड्नं २), कुमारी दाहाल (वाड्नं १०), कल्पना बिक (वाड्नं ५), यमकान्त पुरी (वाड्नं ३), मिङमा शेर्पा (वाड्नं ९), महेश भट्टराई (वाड्नं ९), बलबहादुर श्रेष्ठ (वाड्नं ६) रहेका छन् ।
रास्वपाको विधान अनुसार सभापतिले दुई महिला अनिवार्य सहित चारजना मनोनयन गर्न पाउने प्रावधान रहेको छ ।
