१४ जेठ २०८३, शुक्रबार

काठमाण्डु छोडेको सातौंदिनमा सगरमाथा आरोहण गर्ने योजना बनाएका शेर्पा नवौ दिनमा संसद फर्किए

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शुक्रबार, जेठ १४, २०८३

ज्येष्ठ १५, २०८३

ताप्लेजुङ – प्रतिनिधिसभाका सांसद मिङमा डेभिड शेर्पा काठमाण्डु छोडेको नवौँ दिनमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर राजधानी फर्किएका छन् । शेर्पाले राजधानी छोडेको सातौंदिनमा आरोहण गर्ने र फर्कने योजना बनाएको भएपनि मौसमका कारण दुईदिन ढिला भएको बताए । उनको यो सगरमाथाको दशौं आरोहण हो ।
सभामुख डोल प्रसाद अर्यालवाट प्रतिनिधिसभाको लोगो अङ्कित झण्डा बोकेर गएका शेर्पा सातौंदिनमा मौसमका कारण चौथो क्याम्पमै रोकिए । ‘आठौँ दिन चौथो क्याम्पबाट करिव ८ हजार चार पाँच सय मिटरसम्म पुगेँ तर, अत्यधिक हावाहुरी आएर क्याम्प फोरमा फर्किएर फेरी दोश्रो दिनमाचाही (नवौदिनमा) सगरमाथा आरोहण गरें,’ शेर्पाले भने, ‘यो पनि मेरालागि नौलो विषय थियो र अहिलेसम्मको छोटो अवधिमा गरिएको आरोहण हो ।’
शेर्पा काठमाण्डु छोडेको पाचौंदिनमा ७ हजार १ सय मिटर पुगेका थिए । ‘अहिलेससम्म मैले यतिचाँडो सगरमाथा आरोहण गर्ने हिम्मतपनि गरेको थिइन । जनताले मलाई नीतिगत निर्णय गर्न पठाएकोले जतिचाडो आरोहण गरेर फर्कनुपर्ने थियो,’ उनले थपे, ‘मे २६ तारेखको दिन बिहान ५ः४० मा आरोहण गरेँ । त्यहिदिन काठमाण्डु आउने योजना थियो र बेसक्याम्प पनि झरेँ तर वेदरका कारण त्यही रोकिनु पर्यो ।

उनले हिमाल आरोहण आफ्नालागि आफ्नो शारीरिक अवस्था, क्यापासिटी कस्तो छ भनेर परिक्षण गर्ने थलोपनि भएको र त्यसमा सफल भएकोपनि बताए । शेर्पाका हिमाल आरोहण, उद्धार लगायतका पाँचवटा रेकर्ड गिनिज बुकमा लेखिएको छ । शेर्पा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेप सेकाथुम निवासी हुन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!