फागुन १६, २०८२
ताप्लेजुङ – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वानकालागि झापा क्षेत्र नम्बर ५ बाट प्रतिष्पर्धा गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिको आग्रहपछि पार्टीका उपमहासचिव योगेश कुमार भट्टराई सहयोगका लागि त्यसतर्फ लागेका छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङको अन्तिम चुनावी सभालाई सम्वोधन गरेर झापा लागेका उनले १९ गतेसम्म त्यही रहने र त्यसपछि मतदानकालागि मैवाखोला गाउँपालिका ३ साँघु फर्कने जानकारी दिए ।
आसन्न निर्वाचनकालागि चाहना गरेरपनि उनै ओलिबाट टिकट नपाएका भट्टराई अध्यक्ष ओलिले दुई दिन अघिनै फोन गरेर आफ्नो निर्वाचन क्षेत्रमा आउन भनेको र पार्टी र पार्टी अध्यक्षलाई जिताउन भुमिका खेल्नु आफ्नो कर्तव्य भएको बताउँछन् ।
प्रस्तुत त उपमहासचिव भट्टराईसँग हाम्रा संवाददाता आनन्द गौतमले गरेको कुराकानी
चुनावी प्रचारका लागि ताप्लेजुङ आउनु भएको थियो, आजै फर्कन लाग्नु भयो खास किन फर्कन लाग्नु भयो ?
ताप्लेजुङमा हाम्रो पार्टीको अन्तिम चुनावी सभा छ सदरमुकाम फुङलिङ बजारमा । यो सकेपछि दुई दिन बाँकी छ चुनावी प्रचारको लागि १७ गते र १८ गते । दुई दिनचाँही तराइतिर बिशेष गरी झापा ५ लगायतका अन्य क्षेत्रमापनि चुनावको प्रचार प्रशारमा र केही कार्यक्रममा सहभागी बन्ने उद्वेश्यले म जान लागेको छु ।
अध्यक्ष केपी शर्मा ओलिले टिकट दिनु भएन, प्रचारमा चाँही तपाइलाई बोलाउनु भयो ?
अँ.. अध्यक्षले फोन पनि गर्नु भएको थियो अस्ति मलाई दुई दिन अगाडि । एक पटक झापा ५ मा पनि आएर चुनावी प्रचारमा सहयोग गर्न भन्नु भयो । साथै झापाका अरु क्षेत्रहरु मोरङकापनि केही क्षेत्रहरुमा साथीहरुले बोलाइरहनु भएको छ । झापा, मोरङ, सुनसरीका केही कार्यक्रम भ्याइएला र बिशेषगरी झापा ५ मै अलि वढी केन्द्रीत हुन्छु होला ।
तपाइ गएपछि के परिवर्तन आउला ?
त्यो त मन्न सक्दिन तर पार्टी अध्यक्ष उठेको क्षेत्र हो । हामी सबैले अन्तिम बल लगाउन उपयुक्त हुन्छ । अन्तिम जोड लगाउनु आवश्यक होला भनेर । मेरो जोडले पनि केही भोट बढ्यो भने राम्रै होला भनेर जित्नलाई अलिकति सहज होला । परिस्थिति अलिकति अनुकुल हुनपनि सक्ला ।
पहिला उहाका स्वकिय सचिवले लेख्नु भएको थियो चुनाव जिताउन अध्यक्ष चाहियो अहिले अध्यक्ष चाहिएन भनेर । अध्यक्षलाई पनि तपाइ चाहिँदो रहेछ होइन ?
सवैलाई सवै चाहिन्छ नी हाहाहाहाहा । सम्वन्ध भनेको सम्बन्ध हो । अव ब्यत्तिगत सम्वन्ध आफ्नो ठाउँमा छन् । पार्टीगत सम्वन्ध फेरी हाम्रो एउटा अटुट नाता हो । तेस हिसावले पनि म जानु उपयुक्त हुन्छ र अर्को कुरा पार्टी अध्यक्ष हो नि त हाम्रो । शिर्श ब्यक्तित्व हो । हामिले प्रधानमन्त्रीको रुपमा अगाडि सारेको ब्यक्तित्व पनि हो । उहाँलाई जिताउन पार्टीको शक्ति सामथ्र्य लगाउनु प्रयोग गर्नु उपयुक्त हुन्छ । ब्यक्तिगत रुपमा मैले उहाँलाई सहयोग गर्नु उपयुक्त नै हुन्छ । तेसकारणले उहाँ लगायतका निर्वाचन क्षेत्रमा मेरो उपस्थितिले केही सकारात्मक परिस्थिति सृजना भएछभनें त्यो राम्रै हुन्छ ।
मलाई कोही नै चाहिदैन जस्तो गर्नु हुन्थ्यो अध्यक्ष । निकै साह्ै परेछ होइन अध्यक्ष लाई । तपाइहरुलाई हार गुहार भनेपछि त गाहे परेछ ?
यो चुनाव भनेको कठिन कुरा हो । अव मान्छेलाई कन्भिन्स गर्नु पर्ने । मान्छेको सोचाइलाई वदल्नु पर्ने कुरा हो । यो चाुही गाई वस्तुलाई पछाडिबाट धपाए जस्तो होइन । मान्छेलाई कन्भिन्स गर्नु पर्यो, वुझाउनु पर्यो, सम्झाउनु पर्यो । त्यसकारणले कुनैवेला यो असाध्यै सजिलोपनि हुन्छ । कुनैवेला असाध्यै कठिनपनि हुन्छ । आज समग्रतामा नेकपा एमालेका लागि यो निर्वाचन अलिकति कठिन निर्वाचन हो । बिशेष गरी भदौ २३ र २४ गतेको घटनापछि अलिकति एकोहोरो एमालेमाथीनै दवाव सृजना भयो । कमेण्टहरु छन् । दवावहरु छन् । आक्रोशहरु छन् । आक्रमणहरु छन् । तेसोहुुँदा एमालेको सिङगो सक्ति र सामथ्र्य एक ठाउँमा उभिनु आवष्यक छ । चुनावहरु कहिले सजिलै जितिन्छ कहिले अप्ठेराहरु पनि हुन्छ । नसोचेका परिणामहरु पनि कहिलेकाँही आउन सक्छन् । यी सवै कुराहरुलाई ख्याल गर्दै हाम्रो पार्टीले देशभरी उम्मेद्वारी दिएको छ । १ सय ६३ ठाउँमा उम्मेद्धारी दिएको छ । देशभरी साथै समानुपातिकमा गत निर्वाचनमा २८ लाख प्लस मत ल्याएको थियो । त्यो मतलाई पनि केही वढाउन पाए हुन्थ्यो भन्ने अपेक्षा छ । र आजको दिनमापनि चुनावको त्यो एक खालको प्रचार प्रशारहरु छन् । पार्टीका बारेमा मान्छेका धारणाहरु छन् । ब्यक्तिका बारेमा धारणाहरु छन् । यस्तो बेलामा यो देशमा लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा लागेका पार्टीहरु दलहरु कमजोर हुनुलाई ७ साल ४६ सालको क्रान्तिमा अगुवाइ गर्यो माओवादी क्रान्तिलाई शान्ति प्रकृयामा ल्याएर मुलुकको गृहयुद्धलाई हल गर्यो, संविधान वनायो यी यावत कृयाकलापमा अग्रगामी र नेतृत्वदायी भुमिका खेलेको पार्टी एमाले र नेपाली काग्रेस हो । त्यसकारण यी पार्टीहरुले केही कमिकमजोरीका वावजुत फेरीपनि यी पार्टीहरुलाई बलियो बनाउनु पर्छ । तवमात्र हाम्रो देशको राष्ट्रिय एकता बलियो हुन सक्छ । नेपालको पहिचानलाई हामी कायम राख्न सक्छौं । त्यसकारणले नेकपा एमालेको दृष्टिकोणबाट हेर्दा हाम्रा कमिकमजोरी होलान नभएका छैनन पक्कैपनि कमीकमजोरी छन् । तर त्यसको अगाडि हामीले गरेका काम हामिले गरेका योगदान, उपलब्धि ज्यादा छ । कमीहरुलाई सच्याउने हो, आत्माआलोचना गर्ने हो । धेरै ठेला कमी भएछन्भनें जनतासँग माफी माग्ने हो । तरपनि फेरीपनि नेकपा एमाले जस्तो एउटा देशभक्त लोकतान्त्रिक पार्टीलाई नै यो देशको प्रमुख शत्ति बनाउनु पर्छ भन्ने लाग्छ र तेसो हुँदा मेरो अध्यक्षसँगका सम्वन्धका कुरा यी आजका दिनकालागि गौण हुन् । मुख्य कुरा हामिले यतिवेला नेकपा एमालेको विजयलाई मुख्य आधार बनाउने हो र तेस्लाई हामी सबैको मिसन बनाउने हो । तेसकारण हामी देशभरीनै हामी चुनावको त्यो परिणामको अपेक्षा गरिरहेका छौं ।
तपाइलाई ब्यक्तिगत रुपमा झापा ५ मा गएर भोट माङदा क्षती होला नी ? उपमहासचिवले पनि टिकट नपाउदा मान्छेहरुको जुन सहानुभुती प्राप्त गर्नु भएको थियो ? भदौ २३ र २४ को आन्दोलनको केही न केही अपनत्व एमालेलेपनि लिनुपर्छ भनेर भन्नु भएको थियो ?
त्यो अलग कुरा हो । कतिपय कुरामा हामी पार्टी भित्र एक मत छौं । कतिपयमा हाम्रो बिमती छ । अव महाधिबेशमा भएको प्रतिष्पर्धा त्यो हाम्रो आन्तरिक हो । आन्तरिक प्रतिष्पर्धामा हामि पार्टी अध्यक्षसँगै प्रतिष्पर्धा गर्यौ । त्यसले हाम्रो पार्टीको लोकतान्त्रिक जिवनलाई प्रखरपनि बनायो । तर जव अरु पार्टी सँगको अरु शत्तिसँगको प्रतिष्पर्धा हुन्छ हाम्रो आन्तरिक कुराहरु गौण हुन्छ । गौण बनाउनै पर्छ । त्यसहिसावले मेरो ब्यक्तिगत लाइफ मा जिवनमा के असर पर्छ त्यो गौण कुरा हो । मुख्य कुरा एमाले बलियो भने मात्रै न म त्यो बलियो पार्टीको नेता हुने होला नी । म अध्यक्ष हुन खोज्दैछु भनें म बलियो पार्टीकै अध्यक्ष हुन खोज्छु नी त्यसकारणले गर्दा आज पार्टी नबिग्रीयोस पार्टी कमजोर नहोस जनमतबाट नखस्कियोस हाम्रो पार्टी भन्ने कुरामा ध्यान दिदैं कमीकमजोरीलाई सच्याउने मौका आउछ । महाधिबेशन आउँछ भन्दै यो जनमतको मौका चुकाइयो भने बढो गाहे हुन्छ त्यसैले सवैले लाग्नु पर्छ ।
नेपाली काग्रेसका नेता सेरवहादुर देउवा सिंगापुरमा हुनुहुन्छ । नेपाली काग्रेसमा भइरहेको उतारचढाव अनि चुनावको प्रचारमा ननिस्कनु यस विषयमा तपाइको केही टिप्पणी छ ?
पहिलो कुरा चुनावको मुखमा अरु पार्टीको टिप्पणी गर्नु त्यती सोभनीय चाँही होइन । तेस्मापनि एउटा सिनियर नेता हामी सबैले सम्मान गर्नुपर्ने शेरवहादुर दाईको बारेमा धेरै टिप्पणी गर्नु राम्रो कुरा होइन । शेरबहादुर दाईले भदौ २३ पछिको घटनामा पार्टीको कार्यवाहकको जिम्मेवारी दिएर जुन बक्तब्य प्रकाशित गर्नु भएको थियो तेस्ले शेरवहादुर दाईको हाइट धेरै माथी पुर्याएको हामी सबैले महसुस गरेका थियौं । पछि काग्रेसको आन्तरिक कुरामा उहाहरुको कुरा मिल्यो अथवा मिलेन त्यो उहाहरुको आन्तरिक कुरा हो त्यसमा टिप्पणी गर्न चाहन्न त्यो आन्तरिक कुरा हो । तर यतिवेला त्यो तहको नेताले आफ्नो पार्टीको चुनावी क्याम्पेनमा स्वास्थ्यले साथ दिंदासम्म लाग्नुनै पथ्र्यो जस्तो लाग्छ मलाइ लाग्छ । मेरो आफ्नो बुझाइ हो । अव उहा र वर्तमान सभापति गगन थापाविच के कस्तो सम्बाद भयो त्यो मैले जानकारी लिने कुरापनि भएन त्यो मेरो जानकारीपनि छैन । त्यो उहाुहरुको आन्तरिक मामिला हो । तर मलाई के बिश्वास छभनें शेरबहादुर दाई जत्तिको एउटा लोकतान्त्रिक आन्दोलनको उचाइ प्राप्त गरेको ब्यक्तिले फर्किएर आफ्नो निर्वाचन क्षेत्रमा मतदानमा भाग लिनु हुन्छहोला जस्तो मलाइ लाग्छ र म त्यो आशापनि गर्छु अझैपनि ।
तपाइ झापा ५ जाँदै हुनुहुन्छ अध्यक्षलाई सघाउन । के भनेर भोट माङनु हुन्छ रु त्यहाका मतदातालाई त्यहाका नागरिकलाई के भन्ने होला । तपाइ त एक किसिमले एमालेमा बिद्रोहिको हिसावले फरक मत राख्ने हिसावले हेर्लान कि तपाइले मतदातालाई भन्ने कुरा के हुन्छ त्यहाँ ?
पार्टीको आन्तरिक मामिलामा अध्यक्ष र मेरो केही बिमती छ थिए र छन्पनि । त्यो कुरा निर्वाचनको समयमा गौण हुन्छ पहिलो कुरा । दोश्रो कुरा समग्रतामा यो देशका बलियो पार्टीहरुलाई नै खासगरी इतिहास बोकेका, लिगेसी बोकेका सिद्धान्तबाट निर्देशित भएका ऐतिहासिक घटनाक्रममा महत्पवुर्ण भुमिका खेलेका राजनीतिक दलहरुलाईनै स्थापित गर्नु पर्छ भन्ने मेरो मान्यता हो । त्यस अर्थमा एमाले त्यो क्याटोकोरी भित्र पर्छ । त्यो क्याटाकोरिमा पर्छ अघि मैले भनेका तमाम इतिहासमा महत्वपुर्ण भुमिका खेलेको छ । दोश्रो कुरा त्यो पार्टीको अध्यक्ष केपी ओलि हुनुहुन्छ र हामिले उहाँलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेका छौं । इतिहासका धेरै कालखण्डमा केपी ओलिले लोकतन्त्र प्राप्तीका लागि सामाजिक न्यायकालागि नेपालको राष्ट्रियतालाई जोगाउनकालागि स्वाभिमानलाई उचो बनाउनका लागि धेरै र अतुलनिय भुमिका खेल्नु भएको छ । त्यसप्रति हामिले र सिंगो नेपालले उहाँलाई सम्मानपनि गर्नु पर्छ । अब..उहाका केही कमिकमजोरी छन् त्यो हामिले देखेका छौं ति कमिकमजोरीको चर्चा मिडीयामा चर्चा पर्याप्त भएको छ । ति कमजोरी कतिपय हाम्रो पार्टीका सामुहिक कमजोरी हुन् । सामुहिक ढङगले सच्याउनु पर्छ । कतिपय उहाका ब्यक्तिगत हुन् उहाँले ब्यक्तिगत रुपमा सच्याउनु पर्छ । सवैकुरा पार्टीसँग जोडिनुपनि हुँदैन र सबैकुरा पार्टीबाट अलगपनि हुँदैन ।
अर्को मलाई के लाग्छभनें, यो जेनेरेशन खासगरी केपी ओली, प्रचण्ड, शेरबहादुरको जेनेरेशन अवको राजनीतिक प्रतिष्पर्धामा अन्तिम पटक भिडिरहेका छन् । त्यसोहुुदा यो तहका नेताहरुको बिदाइपनि सम्मानजनक होस भन्ने म चाहन्छु । सम्मानजनक हुनुपर्छ दुखान्त हुनुहुँदैन । तेसकारणले हाम्रामा एघारौं महाधिबेशन भयो केपी ओलिलाई एक चान्स अर्को दिएको छ । अब बाहै महाधिबेशनबाट केपी ओलि फेरी अध्यक्षमा फर्कनु हुन्छ प्रतिष्पर्धामा आउनु हुन्छ भन्ने मलाई लाग्दैन । त्यसोहुँदा पार्टीबाट उहाँलाई अन्तिम मौका छ सम्मानजनक बिदाइको प्रोसेसमा हुनुहुन्छ । संसदीय फाँटमापनि उहाँले ४८ सालदेखि चुनाव लड्दै आउनु भयो । एक पटक पराजित हुनुभयो नत्र लगातार जितिरहनु भएको छ । अव देसैभरीपनि प्रधानमन्त्रीको हैसियतले धेरै महत्वपूर्ण कामहशरु भएको छ । झापा ५ को सन्दर्भमा त मेरो बिचारमा तेत्तिको जनप्रतिनिधि अव भविष्यमा अर्को जनप्रतिनिधि झापा ५ ले पाउँछ पाउँदैन म भन्न सक्दिन । त्यसकारणले एक पटक संसदिय प्रकृयामा पनि उहाँलाई अन्तिम मौका दिएर त्यो संसदिय प्रकृयाबाट उहाँलाई बिदा दिएर क्रमश अवकासतिर बिदाइतिर पठाउँनुपर्छ । जसले झापा ५ ले पनि उहाँलाई सम्मानजनक विदाइ गर्नुपर्छ र पार्टीलेपनि सम्मानजनक विदाइ दिनुपर्छ जुन एघारौं महाधिबेशनले गरेको छ । यस अर्थमा झापा ५ का मतदातालाई हामिले बुझाउनु पर्छ मलाई लाग्छ उहाँले बुझ्नु हुन्छ ।
