२६ फाल्गुण २०८२, बुधबार

ताप्लेजुङमा सामुदायिक विद्यालयको पुस्तक चैत १५ सम्म आइपुग्ने

Logo
Taplejung Press ताप्लेजुङ प्रेस बुधबार, फाल्गुण २६, २०८२

फागुन २७, २०८२
ताप्लेजुङ – जिल्लाका सामुदायिक विद्यालयको पाठ्यपुस्तक चैत १५ गतेसम्म सदरमुकाम फुङलिङ आइपुग्ने भएको छ । स्टेसनरी व्यवसायी महासङ्घ ताप्लेजुङले जनक शिक्षा तथा सामग्री केन्द्रमा तत्काल पैसा जम्मा गर्ने र चैत १५ भित्र पाठ्यपुस्तक ल्याइ पुर्याउनेगरी तयारी गरेको पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष केशव प्रसाद भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार ताप्लेजुङमा पुस्तक ल्याउन ७० देखि ८० लाख रुपैयाँसम्म अग्रीम जम्मा गर्नु पर्छ । ‘हामिले आफूले सङ्कलन गरेर जम्मा गर्ने र बिक्री गरेर उठाउने गरेका छौँ,’ भट्टराईले भने, ‘हामिले पनि जनक शिक्षाबाट बाँकी पाउँदैनौ र हामि पनि विद्यालयलाई बाँकी दिदैनौँ ।’ ताप्लेजुङमा सबै स्टेसनरी व्यवसायीले संयुक्त रुपमा बिक्री गर्ने गरेका छन् । स्टेसनरी व्यवसायीले एक्लाएक्लै बिक्री गर्दा बाँकीमा जाने र पैसा उठ्ने समस्या भएपछि एक दशकयता संयुक्त रुपमा बिक्री गर्न थालिएको उनले बताए ।
सामुदायिक विद्यालयको कक्षा ३, ५ र ६ देखि १० सम्मको किताब जनक शिक्षाले दिन्छ । बाँकी कक्षाको निजीसँग किन्नु पर्छ । स्थानीय तहले हरेक विद्यालयलाई विद्यार्थी सङ्ख्याका आधारमा रकम दिने गरेका छन् । विद्यालयले त्यही रकमले खरिद गरेर लैजाने गरेको वताउँ छन् । सदरमुकाम फुङलिङबाट तीन दिनसम्मको दुरमिा विद्यालय भएकाले अग्रीम तयारी गर्नुपर्छ । कतिपय विद्यालयले पाँचथर, तेह्थुमबाट पनि पुस्तक ल्याउने गरेको वताउँछन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!