२५ फाल्गुण २०८२, मंगलबार

ताप्लेजुङमा समानुपातिक मतमापनि एमाले अगाडि

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, फाल्गुण २३, २०८२

फागुन २४, २०८२

ताप्लेजुङ – प्रत्यक्ष तर्फ एमाले उम्मेद्वार क्षितिज थेवे निर्वाचित भएको ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक तर्फ पनि एमालेले वढी मत प्राप्त गरेको छ । एमालेले ११ हजार ३ सय ४५ मत प्राप्त गरेको हो ।

प्रत्यक्ष तर्फ दोश्रो भएको नेपाली काङ्ग्रेसले समानुपातिकमा पनि दोश्रो मत पाएको छ । काङ्ग्रेसले ९ हजार ६ सय ४३ मत पाएको छ । तेस्रोमा भनेँ श्रम संस्कृति पार्टी आएको छ । श्रम संस्कृतिले ८ हजार ६ सय ९८ मत प्राप्त गरेको छ ।

प्रत्यक्षमा भने नेपाली कम्युनिष्ट पार्टीले तेश्रो र श्रम संस्कृति पार्टीले चौथो मत प्राप्त गरेका थिए । समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी चौथोमा रहेको छ ।  ६ हजार ४ सय ९५ मत प्राप्त गर्दै चौथोमा पुगेको हो ।

नेकपाले ५ हजार २ सय १४ मत पाएको छ र पाचौँ स्थानमा पुगेको छ । जिल्लाबाट प्रत्यक्ष तर्फ १३ वटा राजनीतिक दलका उम्मेद्वार थिए । जिल्लामा ४५ हजार ८ सय ५२ मत झरेको थियो । जसमध्ये ४३ हजार ८ सय १३ सदर र २ हजार ३९ म बदर भएको हो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!