२५ फाल्गुण २०८२, मंगलबार

प्रतिनिधिसभा सदस्य निर्वाचन ः ताप्लेजुङमा पुरानाका दलभन्दा नेता, नयामा नेता भन्दा दल लोकपृय

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, फाल्गुण २३, २०८२

फागुन २४, २०८२
ताप्लेजुङ – फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुराना राजनीतिक दलका उम्मेद्वार लोकपृय देखिएका छन्भनें नयाँ उम्मेद्वार भन्दा राजनीतिक दल लोकप्रिय देखिएका छन् ।
प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना सकिदाँ मतका आधारमा एमाले, काँग्रेस, नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार तथा श्रम संस्कृति र राष्ट्रिय स्वतन्त्र पार्टीका दल लोकप्रिय देखिएका हुन ।
समानुपातिकको तुलनामा प्रत्यक्ष तर्फका उम्मेद्वार क्षितिज थेवेले २ हजार ६ सय १७ मत वढी प्राप्त गरेका छन् । थेवेले १३ हजार ९ सय ६२ मत प्राप्त गरेर विजयी भएका छन् । समानुपातिक अर्थात पार्टीले पाउने मतमाभनें एमालेले ११ हजार ३ सय ४५ मत प्राप्त गरेको छ । प्रतक्ष्यमा निर्वाचित एमालेले समानुपातिकमा पनि सबैभन्दा वढी मत प्राप्त गरेको हो ।
प्रत्यक्ष तर्फ दोश्रो भएको नेपाली काङ्ग्रेसका गजेन्द्र प्रसाद तुम्याहाङले ११ हजार ७ सय ११ मत प्राप्त गरेका थिए । समानुपातिकमा पनि दोश्रो मत पाएको काङ्ग्रेसको ९ हजार ६ सय ४३ मत रहेको छ । पार्टीले पाएको भन्दा तुम्याहाङको २ हजार ६८ मत वढी हो ।
प्रतक्ष्य तर्फ तेश्रो मत नेपाली कम्युनिष्ट पार्टीका खेल प्रसाद बूढाक्षेत्रीले ६ हजार ७ सय ७५ प्राप्त गरेका थिए । पार्टीले पाएको तुलनामा बूढाक्षेत्रीले १ हजार ५ सय ६१ मत वढी पाएका छन् । नेकपाले ५ हजार २ सय १४ मत पाएको छ । तर, प्रतक्ष्यमा तेस्रो भएको नेकपा समानुपातिकमा पाँचौ मात्रै भएको छ । तेस्रो स्थानको मतभनें श्रम संस्कृति पार्टीले पाएको छ ।
श्रम सस्कृतिले ८ हजार ६ सय ९८ मत प्राप्त गरेको छ । प्रत्यक्षमा यो पार्टीबाट उम्मेद्वार बनेका सन्तोष राईले ५ हजार २ सय ९ मत पाएका थिए । राईले पाएको तुलनामा माटो चुनाव चिन्हको पार्टीले ३ हजार ८ सय ८९ वढी मत प्राप्त गरेको हो । प्रतक्ष्यमा नेकपा तेस्रो र श्रम संस्कृति चौथो थिएभनें समानुपातिकमा ठिक उल्टो भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको पनि उम्मेद्वार भन्दा पार्टीले वढी मत प्राप्त गरेको छ । घण्टी चुनाव चिन्हको रास्वपाले ६ हजार ४ सय ९५ मत प्राप्त गरेको छ । प्रतक्ष्य तर्फका उम्मेद्वार बिरेन्द्र श्रेष्ठले ४ हजार १ सय ५५ मत प्राप्त गरेका थिए । श्रेष्ठले पाएको भन्दा पार्टीले २ हजार ३ सय ४० वढी मत पाएको हो । समानुपातिकमा भनेँ निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, निर्वाचन प्रहरी लगायतले पनि मत हाल्न पाउने प्रावधान रहेको थियो ।
जिल्लाबाट प्रतक्ष्य तर्फ १३ वटा राजनीतिक दलका उम्मेद्वार सहभागी थिए । जिल्लामा ४५ हजार ८ सय ५२ मत झरेको थियो । जसमध्ये ४३ हजार ८ सय १३ सदर र २ हजार ३९ म बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!