१८ फाल्गुण २०८२, मंगलबार

टिपताला नाका बन्द गर्न ओलाङचुङगोला सिमा प्रहरी मार्फत चीन प्रशासनलाई सन्देश

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस सोमबार, फाल्गुण १७, २०८२

फागुन १८, २०८२
ताप्लेजुङ -नेपाल -चीन सिमाना टिपताला भन्ज्याङ नाका ७२ घण्टाकालागि शील गर्ने सन्देश जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चीनको डिङजे काउण्टीलाई गराएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइका अनुसार सशस्त्र प्रहरी वल ओलाङचुङगोला बिओपी मार्फत सन्देश पठाइएको हो ।
फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन प्रयोजनकालागि सिमा बन्द गर्ने नियमानुसार शील गर्ने सन्देश पठाएका छौ, सेढाइले भने, उहाँहरु (चीन सरकार) ले पनि त्यो बुझ्नु भएको छ र कार्यान्वयन सुरु हुन्छ ।
भारतसँगको सिमा क्षेत्रपनि सबै शील गरिएको सेढाइले जानकारी दिए । पाँचथर प्रशासन कार्यालय मार्फत जानकारी गराइएको सेढाइ बताउँछन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!