२१ माघ २०८२, बुधबार

दिनभरी अस्पतालको इमर्जेन्सीमा उपचार गराएर फर्किए प्रताप हाङ्गाम

Logo
Taplejung Press मंगलबार, माघ २०, २०८२

माघ २०, २०८२
ताप्लेजुङ – स्वास्थ्यमा अचानक समस्या देखिएपछि कोशी प्रदेशका पूर्व मन्त्री एवं नेपाली काङ्ग्रेसका नेता प्रताप प्रकाश हाङ्गाम मङ्गलबार दिनभरी जिल्ला अस्पताल ताप्लेजुङको इमर्जेन्सी कक्षमा उपचार गराएर फर्किएका छन् ।

हाङ्गामलाई मङ्गलबार बिहान मेरिङदेन गाउँपालिका ४ लिङतेप स्थित निजी निवासबाटै उपचारकालागि ल्याइएको थियो । हाङ्गाम पत्नी सहितले उपचारमा ल्याएका थिए ।
अस्पतालमा दिनभरी उपचारपछि औषधि सेवन गरेर आराम गर्ने सल्लाह दिएर डिस्चार्ज गरिएको र केही दिनमा फलोअपमा बोलाइएको अस्पतालले जनाएको छ ।

हाङ्गामको उपचारस्थलमा भतिज कोशी प्रदेशका पूर्व मन्त्री एवं सांसद खगेन सिं हाङ्गाम, मेरिङदेन गाउँपालिका अध्यक्ष युक हांविर हाङ्गाम लगायत परिवारका सदस्य क्रियाशील रहेका थिएभनें काँङ्ग्रेसका केही नेता कार्यकर्तापनि भेट्न पुगेका थिए ।

हाल मेरिङदेन गाउँपालिका अध्यक्षको सदरमुकाम स्थित निवासमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!