२१ माघ २०८२, बुधबार

ताप्लेजुङमा एकै पालिकाका पाँच उम्मेद्वार, चार नयाँ अनुहार

Logo
Taplejung Press सोमबार, माघ ०५, २०८२

माघ ५, २०८२
आनन्द गौतम
ताप्लेजुङ – नेपाली काङ्ग्रेसले उम्मेद्वार टुङगो लगाएसँगै ताप्लेजुङबाट प्रत्यक्ष तर्फका सबैजसो पार्टीका उम्मेद्वारको टुङगो लागेको छ ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीका उम्मेद्वार एउटै पालिकाका परेका छन् । काङ्ग्रेसले सिरिजङ्गा ६ खेवाङका गजेन्द्र प्रसाद तुम्याहाङलाई उम्मेद्वार बनाएको छभने एमालेले वाड्नं १ सिनामका क्षितिज थेवेलाई उम्मेद्वार उठाउने भएको छ । रास्वपाका उम्मेद्वार बिरेन्द्र श्रेष्ठपनि वाड्नं १ सिनामकै हुन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार खेलप्रसाद बूढाक्षेत्री (पराग) वाड्नं ५ पेदाङका हुन्भनें श्रम संस्कृति पार्टीका उम्मेद्वार सन्तोष राई वाड्नं ७ याम्फुदिनका हुन् ।
यी बाहेक उज्यालो नेपालले सदरमुकाम फुङलिङका किर्तिमान मादेन र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सिदिङवा गाउँपालिकाका डिबी खुदाङलाइ उम्मेद्वार बनाएको छ । नेपाली कम्युनिष्ट पार्टीका बूढाक्षेत्री यसअघिको निर्वाचनमा एमालेका योगेश भट्टराईसँग पराजित हुन् । मादेन र खुदाङपनि यसअघिका निर्वाचनमा उम्मेद्वार बनि सकेका छन् । काँग्रेस, एमाले र रास्वपाका उम्मेद्वारभेनें पहिलो पटक निर्वाचनको अनुभव लिदैछन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!