२९ आश्विन २०८३, शुक्रबार

रास्वपा ताप्लेजुङबाट प्रत्‍यक्ष तर्फको उम्मेद्वार इन्जिनियर विरेन्द्र श्रेष्ठ, आफ्नै जन्मस्थलबाट गरे उम्मेद्वार घोषणा

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, पुष २६, २०८२

पुस २७, २०८२
ताप्लेजुङ – राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनकालागि इन्जिनियर तथा पार्टी जिल्ला सभापति वीरेन्द्र श्रेष्ठलाई प्रत्यक्षतर्फको उम्मेद्वार घोषणा गरेको छ । आइतबार श्रेष्ठको जन्मस्थल सिरिजङ्गा गाउँपालिका १ सिनाममा पुगेर उम्मेद्वार घोषणा गरेको हो ।
रास्वपाको शनिबार पटकपटकको बैठकले श्रेष्ठलाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो । कुलमा घिसिङ रास्वपामा रहँदासम्म प्रत्यक्ष तर्फको उम्मेद्वार को भन्ने यकिन थिएन । रास्वपा नेता युवराज बरालका अनुसार शनिबार दुई पटक बैठक बसेको थियो । बिहान ११ः३० मा बसेको बैठकमा कुलमान घिसिङ पक्षधर उज्यालो नेपाल पार्टीका जिल्ला अध्यक्ष प्रदिप मादेन, केन्द्रीय सदस्य किर्तिमान मादेन लगायतको पनि सहभागिता रहेको थियो । उक्त बैठकमापनि उम्मेद्वारको विषयमा छलफल भएको थियो । ‘आफुहरुलाई माथिल्लो निकायबाट कुनै सर्कुलर नआएको कुलमान पक्षधरले बताएपछि साँझ ५ः३० वजे बस्नेगरी बैठक स्थगित भयो,’ रास्वपाका बरालले भने, ‘साँझ हाम्रो पार्टी बाहिरियो अगाडि बढ्नुहोस् भनेर किर्तिमान दाइले फोन गरेपछि हामिले सभापति बिरेन्द्र श्रेष्ठलाई सर्वसम्मत निर्णय गरेर अगाडि बढ्यौँ ।’ उम्मेद्वार चयन तथा घोषणा पार्टी केन्द्रको निर्देशन अनुसारै गरिएको बराल बताउँछन् ।
श्रेष्ठकै जन्मस्थल सिनामको पञ्चमी बजारबाट श्रेष्ठ स्वयं र पार्टीका अन्य कार्यकर्ता सहित घोषणा सभा गरिएको हो । घोषणासभामा जेनजीका प्रतिनिधिको सहभागी भएको बरालले बताए । श्रेष्ठ इलेक्ट्रोनिक इन्जिनियर हुन् । उनले ताप्लेजुङमै बसेर फावाखोला बाट ५ मेगावाट विद्युत उत्पादनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्भने माथिल्लो फावाखोला जलविद्युत आयोजनाबाट छ मेगावाट विद्युत समेत उनकै नेतृत्वमा उत्पादन भएको छ ।
काबेली ए जलविद्युत आयोजनान्धक लगायतको जिम्मेवारी उनले निर्वाह गरेका छन् । नेपाली काँग्रेस ताप्लेजुङको महाधिवेशन प्रतिनिधि समेत भएका उनी काँग्रेस छोडेर रास्वपामा प्रवेश गरेका हुन् । उनी गायन क्षेत्रमापनि उत्तिकै सकृय छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066