०१ माघ २०८२, बिहिबार

सशस्त्र प्रहरी दिवसको अवसरमा कैदीबन्दीलाई खेल सामग्री र सरसफाइ

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बुधबार, पुष २२, २०८२

पुस २३, २०८२
ताप्लेजुङ – सशस्त्र प्रहरी वल कञ्चनजङ्घा गुल्मले जिल्ला कारागारका कैदीबन्दीलाई खेल सामग्री प्रदान गरेको छ । २५ औं प्रहरी दिवसको अवसरमा पाँच थान भलिबल, नेट लगायतका सामग्री प्रदान गरेको हो ।
कारागारमा भलिबल खेल्ने ठाउँ रहेको र कैदीबन्दीलाई शारीरिक व्यायाम हुने भएकाले यस सम्बन्धी सामग्री प्रदान गरिएको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद प्रकाश पाठकले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईको उपस्थितिमा जेलर कुलेन्द्र खवास मार्फत सामग्री प्रदान गरिएको हो । यही अवसरमा सरसफाइ अभियान पनि सञ्चालन गरिएको कञ्चजङ्घा गुल्मले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!