२५ मंसिर २०८२, बिहिबार

नाल्बुका वडाध्यक्षको सक्रियतामा सङ्कलित रकम तेम्बेका अग्नि प्रभावितलाई हस्तान्तरण 

Logo
Taplejung Press ताप्लेजुङ प्रेस बुधबार, मंसिर २४, २०८२

मंसिर २०, २०८२
ताप्लेजुङ – मिक्वाखोला गाउँपालिका ४ साँवाको तेम्वामा भएको आगलागी प्रभावित परिवारलाई मेरिङदेन गाउँपालिका ६ नाल्बुका बासिन्दाले आर्थिक सहयोग गरेका छन् ।
नाल्बुका वडाध्यक्ष मनोज तुम्बाहाम्फेको संयोजन तथा सक्रियतामा सङ्कलित २ लाख ६ हजार ४ सय ७० रुपैयाँ प्रभावित परिवारलाई शुक्रबार हस्तातरण गरिएको हो ।
प्रतिपरिवार ३४ हजार ४ सयका दरले नगदै रकम उपलब्ध गराइएको सूर्य बराइलीले जानकारी दिए । आगलागीबाट चार घर जलेर नष्ट भएको थियोभने यहा पसल व्यवसाय गर्दै आएका दुई परिवारको क्षति भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!