२१ भाद्र २०८२, आइतबार

ताप्लेजुङका ७४ हजार नागरिक विपत्‌को जोखिममा ः प्रजिअ – भिडियो सहित

Logo
ताप्लेजुङ प्रेस, Taplejung Press शनिबार, साउन ०५, २०८१

ताप्लेजुङ – जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले जिल्लाका ७४ हजार नागरिक विपत्‌को जोखिममा रहेको बताएका छन । त्यो मध्ये सबैभन्दा बढी जोखिम बाढी पहिरोको रहेको उनको प्रष्टोक्ति छ ।

https://studio.youtube.com/video/ko6emNMNG4c/edit

बाढी पहिरोले धनजनको क्षति गरिरहेको बेला प्रजिअ आचार्यले जिल्लाका ४१ वटा वडा जोखिमको सूचीमा रहेको बताए । जनगणना २०७८ अनुसार ताप्लेजुङको जनसङ्ख्या १ लाख २० हजार ३ सय रहेको छ । एक नगरपालिका र आठ गाउँपालिका गरी नौ स्थानीय तह रहेको जिल्लामा ६१ वटा वडा छन ।

स्थानीय तहले आफ्नो क्षेत्रको जग्गालाई वर्गीकरण गरेर कुन क्षेत्र बसोवास योग्य, कुन खेती योग्य भनेर छुट्याउने र त्यसै अनुरूप व्यवस्थापन गरेपछि मात्रै विपत्‌को जोखिम कम हुने आचार्यको तर्क छ । ‘हाम्रो अध्ययन अनुसार सबैभन्दा बढी बाढी पहिरो, त्यसपछि आगलागी, चट्याङ, हावाहुरी लगायतका हुन्,’ आचार्यले भने, ‘हाम्रो बस्ती विकास संरचनागत रुपमा कस्तो बनाउनु पर्छ भनेर वैज्ञानिक ढंगले भएको छैन, स्थानीय तहले त्यो काम सुरु गरेका छन् र त्यसपछि मात्रै विपत कम गर्न सकिन्छ ।’

योवर्ष बाढी पहिरोबाट जिल्लामा पाँच जनाले ज्यान गुमाइसकेका छन ।  जिल्ला विपत् व्यवस्थापन समितिको तथ्याङ्क अनुसार २८ घरमा पूर्ण क्षति भएको छ । ५१ घर उच्च र ८२ घर जोखिमम छन् । पशुचौपाया र पन्छी गरी डेढ सय बढीमा क्षति पुगेको छ

ईकान्तिपुर वाट साभार गरिएको

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!