२१ मंसिर २०८२, आइतबार

एमाले महाधिवेशन प्रतिनिधि चयनकालागि चुडालको संयोजकत्वमा निर्वाचन समिति

Logo
Taplejung Press ताप्लेजुङ प्रेस बिहिबार, कार्तिक २०, २०८२

कार्तिक २०, २०८२

ताप्लेजुङ – नेकपा एमालेको ११ औँ महाधिवेशन प्रतिनिधि चयनकालागि राजकुमार चुडालको संयोजकत्वमा  निर्वाचन समिति गठन गरिएको छ ।

पाँच सदस्यीय समितिको सदस्यहरूमा नेपाल वार एसोसिएसनका अध्यक्ष बलराम भट्टराई, कानुन व्यवसायीहरू देवराज मेन्याङबो, भेषराज पौडेल र भीष्मराज बराल रहेको प्रचार विभाग प्रमुख सन्तोष चाम्लिङले जानकारी दिए ।

एमालेको सातौँ जिल्ला कमिटी बैठकले उनीहरूको नाम अनुमोदन गरेको पनि चाम्लिङले बताए । 

नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाण्डौमा हुदैछत्यसकालागि  प्रतिनिधि चयनको मिति एकै दिनलाई तोकिएको छ । जिल्लामा ७ हजार ४९ पार्टी सदस्य रहेका छन् । यी सदस्यले जिल्ला भरीबाट १३ जना प्रतिनिधि चयन गर्ने जनाइएको छ । 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!