२१ मंसिर २०८२, आइतबार

सीप आदानप्रदान सँगै सकियो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा युनेस्कोद्वारा सञ्चालित आठ महिने कार्यक्रम

Logo
Taplejung Press मंगलबार, कार्तिक १८, २०८२

कार्तिक १७, २०८२

ताप्लेजुङ – कञ्चनजङ्घा संरक्षण क्षेत्रलाई नेपालको बायोस्फियर रिजर्भ घोषणा गर्ने प्रकृयाका विषयमा समेत छलफल गर्दै सदरमुकाम फुङलिङमा सञ्चालित दुईदिने कार्यशाला सम्पन्न भएको छ । आठ महिनासम्म सञ्चालित परियोजनाका उपलब्धि र यसबाट भएको सिकाइ कार्यक्रममा वृहत छलफल भएको थियो ।

कार्यक्रममा फक्ताङलुङ गाउँपालिका ५ तापेथोक र वाड्नं ६ लेलेपमा राखिएको क्यामरा ट्रयाप र त्यसमा परेका वन्यजन्तुका विषयमा अनुसन्धाताले आफ्नो अनुभव सुनाएका थिए । हिमशिखर इको क्लवका अध्यक्ष देउमान लिम्बू, सुनाखरी इको क्लवका संयोजक सन्त लिम्बूले विद्यार्थी सहित क्यामरा ट्रयाप राख्दाको अनुभव र वन्यजन्तु पर्दाको खुसियालीको विषयमा आफ्नो अनुभव सुनाएका थिए ।

कार्यक्रममा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्वु लिम्बूले प्रकृति संरक्षणमा सबैको भूमिका रहेको र कञ्चनजङ्घा क्षेत्रलाई वायोस्फियर रिजर्भ घोषणा गरेर मात्रै प्राकृतिक श्रोतको दिगो व्यवस्थापन गर्न सक्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ शेर्पा र प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइ, फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष बिकास साम्राले संरक्षण क्षेत्रलाई दिगो बनाउन शुभकामना व्यक्त गरे । परियोजना अधिकृत वर्षा लेखि ले आठ महिनासम्म सञ्चालित कार्यक्रमको उपलब्धिको विषयमा प्रस्ट्याएकी थिइन ।

कार्यक्रम दौरान क्यामरा ट्रयापमा विश्वमै दुर्लभ रेडपान्डा, वन कुकुर जस्ता जनावर पर्नुले संरक्षणका अभियन्तालाई उत्साही बनाएको संरक्षण कर्मीले बताएका छन् । यो परियोजना वाट आउने पुस्ताले समेत क्यामरा ट्रयाप मार्फत वन्यजन्तुको अध्ययनको विषयमा जानकारी हासिल गर्न सकेको आयोजकले बताएका छन् । सञ्चार अधिकृत रविन राईका अनुसार तीनवटा विद्यालयमा क्यामरा ट्रयाप राखिएको छ । वन्यजन्तुको अध्ययनकालागि विद्यार्थी र शिक्षकलाई समावेश गराउँदा नयाँ पुस्तामा नयाँ शन्देस पुगेको आयोजकले बताएका छन् । अभियानको दौरान ६८ वटा क्यामरा ट्रयापबाट ९० हजार ४ सय ८७ जनावरको रेकर्ड भएको उल्लेख छ । जसमा घोरल, बन कुकुर, रतुवा मृगदेखि ढेडु सम्म परेका छन् । लोखर्के, भालु, निर बिरालो, पनि क्यामरामा रेकर्ड भएको उल्लेख छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!